बैशाख २३, २०८१ आईतबार

अन्तरपालिका फुटबल प्रतियोगिता : कमल, भद्रपुर, विर्तामोड र कनकाई विजयी

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय कर्मचारी फुटबल प्रतियोगिताको शनिबार भएको ४ खेलमा कमल गाउँपालिका, भद्रपुर नगरपालिका, विर्तामोड नगरपालिका र कनकाई नगरपालिका विजयी भएको छ ।

पहिलो खेलमा झापा गाउँपालिकालाई हराउँदै कमल गाउँपालिका विजयी भएको हो । झापा गाउँपालिकालाई ३–० गोल अन्तरले हराउँदै कमल गाउँपालिका विजयी भएको आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ । खेलको ३० औ मिनेटमा कमल गाउँपालिकाका तर्फबाट दिपेन्द्र लामिछानलेले पहिलो गोल गरे । खेलको ३७ औं र ४२ औं मिनेटमा कमल गा.पा.का मनीकुमार लिम्बुले एक एक गोल गरेपछि झापा गाउँपालिका सँग ३–० को गोल अन्तर बनाउन सफल भयो । खेलको म्यान अफदी म्याच कमल गा.पा.का मनीकुमार लिम्बु घोषित भए ।

त्यस्तैगरी दोस्रो खेलमा दमक नगरपालिकालाई ३– ० गोल अन्तरले हराउँदै भद्रपुर नगरपालिका विजयी भएको छ । भद्रपुरका तर्फबाट चन्द्र प्रधान, विनोद श्रेष्ठ र अरिफ अलीले गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच चन्द्र प्रधान घोषित भए ।

आजै भएको तेस्रो खेलमा मेची नगरपालिकालाई हराउँदै विर्तामोड नगरपालिका विजयी भएको छ । मेची नगरपालिकालाई ४–१ गोल अन्तरले हराउँदै विर्तामोड विजयी भएको हो । खेलमा विर्तामोडका तर्फबाट चुनु सेरेङ, रविन मूर्मुले एक एक गोल गरे भने राम बुढाथोकी दुई गोल गरेका थिए । मेची नगरपालिकाको तर्फबाट रोजित अलीले एक गोल गरे । खेलको म्यान अफ दी म्याच विर्तामोडका राम बुढाथोकी घोषित भए ।

आजको चौथो खेलमा कनकाई नगरपालिका र गौरादह नगरपालिका बीच हुने तय भए पनि गौरादह नगरपालिका अनुपस्थित भएपछि कनकाई नगरपालिका अर्को चरणमा स्वत प्रवेश गरेको छ ।

गौरादह नगरपालिका निर्धारित समयसम्म नआएपछि कनकाई नगरपालिकालाई स्वत विजयी घोषणा गरिएको आयोजक समितिका संयोजक प्रकाश चौधरीले जानकारी दिए । उनले भने, हामीले १ बजे दुवै टिमलाई बोलाएका थियौ, ३ बजेसम्म पनि गौरादह नगरपालिकाबाट उपस्थिति नजनाएपछि कनकाई नगरपालिकालाई विजयी घोषणा गरिएको हो । आज भएका तीन खेलमा म्याद अफ दी म्याच घोषित भएका खेलाडीहरुले नगद २ हजारसहित ट्रफि प्राप्त गरेका छन् ।

अन्तरपालिका कर्मचारीहरुको ४ क्वाटर फाइनल खेल पर्सी ७ गते हुने आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ । जसमा शिवसताक्षी र भद्रपुर, हल्दीबारी र कचकवल, विर्तामोड र कनकाई, कमल र बाह्रदशी बीच हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद रु ७० हजार र उप विजेता टिमले नगद ४० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन ५, २०८० शनिबार  ५ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]