बैशाख २१, २०८१ शुक्रबार

शिवसताक्षीका ३५ विद्यालयमा ई–हाजिरी जडान

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले नगरका ३५ ओटा विद्यालयमा एक साथ ई–हाजिरी जडान गरेको छ । नगरका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर बृद्धिका लागि इ–हाजिरी जडान गरिएको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

इ–हाजिरीको शिवसताक्षी नगरपालिका ११ स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा नगरप्रमुख मेगाहाङ्ग थोप्राले शुभारम्भ गरेका छन् ।

इ हाजरीको शुभारम्भ गर्दै नगर प्रमुख थोप्राले नगरभित्र रहेका सामुदायिक विद्यालयहरुका शिक्षकहरुलाई हाजिरीमा सहज बनाउन र नगरबाट मनिटरिङ्गका लागि इ हाजिरीको व्यवस्था गरिएको बताए । उनले शिवसताक्षीका ३५ वटै विद्यालयमा इ हाजिरीको सुरुवात गरेको जानकारी दिए । नगरप्रमुख थोप्राले शिक्षाको गुणस्तर बृद्धिका लागि श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयलाई स्मार्ट विद्यालयको अवधारण अनुसार चालु आ.व.मा विद्यालय प्राङ्गणमा इटरलक क्लब विच्छाउने काम गरिने समेत जानकारी दिए । उनले आगामी वर्ष साना विद्यालय कक्षा कोठाहरुको सुधार गर्ने समेत बताए ।

ई–हाजिरी सुरु भएपछि विद्यालयमा शिक्षक–शिक्षिका, कर्मचारी नियमित विद्यालय आउने शिक्षा अधिकारी छवि ढकालले बताए । शिक्षक तथा कर्मचारीहरु समयमै विद्यालयमा उपस्थित भए भएनन् अब नगरपालिकाबाटै निगरानी हुन्छ । उनले भने, अब यसले शिक्षक नियमित विद्यालय आउँछन् र शिक्षाको गुणस्तर बृद्धिमा टेवा पुग्छ ।

नगरपालिकाले करिब ९ लाखको लागतमा नगरका सामुदायिक विद्यालयहरूमा ई–हाजिरी जडान गरिएको जनाएको छ । श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईलगायत टोलीले विद्यालयको अनुगमन समेत गरेका थियो ।

प्रकाशित मिति : फाल्गुन ५, २०८० शनिबार  ६ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]