बैशाख २१, २०८१ शुक्रबार

बिर्तामोडको तक्षशिलामा अन्तराष्ट्रियस्तरको मन्टेशरी सञ्चालन

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको तक्षशिला अंग्रेजी स्कुलले अन्तराष्ट्रियस्तरको मन्टेश्वरी कक्षा सञ्चालनमा ल्याएको छ । शनिवार आयोजित एक कार्यक्रमका बीच तक्षशिलाले अन्तराष्ट्रिय मापदण्ड अनुसारको मन्टेश्वरी कक्षा सञ्चालनमा ल्याएको हो ।

कक्षा १ देखि १० सम्म क्याम्ब्रिज मापदण्ड अनुसार कक्षा सञ्चालन गरिरहेको तक्षशिलाले मन्टेश्वरीमा स्वीडेनको फ्रेन्चाईज भित्राएको छ । लिटल आइस्टाइन मापदण्ड अनुसार मन्टेश्वरी कक्षा सञ्चालन हुने विद्यालयका निर्देशक प्रमिश गिरीले जानकारी दिए । उनका अनुसार तक्षशिलाले विश्वप्रशिद्ध क्याब्रिज र लिटल आइस्टाइन मापदण्डमा कक्षा सञ्चालन गर्ने छ ।

उक्त मापदण्ड प्राप्त गरेको तक्षशिलाले रोवटिक, एआई, कोडिङ जस्ता अतिरिक्त क्रियाकलापहरु समावेश गरेर पठनपाठन गर्नेछ । ६ वटा कोठामा १०० विद्यार्थी अध्ययन गर्न सक्ने क्षमताको मन्टेश्वरीमा सरस्वती पुजाकै दिन ५० जना विद्यार्थी भर्ना गरिएको थियो । मासिक ४५ सय देखि ५ हजार शुल्क लाग्ने विद्यालयमा बसभाडा र खानपानको अतिरिक्त शुल्क लाग्ने बताइएको छ । बसभाडा र खानपानलाई अनिवार्य गरिएको छैन ।

तक्षशिलामा हाल ६ सय विद्यार्थी अध्ययनरत रहेको प्रवन्ध निर्देशक डा.अञ्जली कार्कीले जानकारी दिइन् । उनले पूर्व नेपालमा तक्षशिलाले विश्वस्तरीय शिक्षा प्रदान गरिरहेको बताइन् । पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा अगाडि रहेको तक्षशिलाले आज एक दिवसीय शैक्षिक महोत्सव सम्पन्न गरेको छ ।

तक्षशिला शैक्षिक महोत्सव– २०८० आयोजना गरेर विद्यार्थीहरुलाई खेलकुदसँगै मनोरञ्जन प्रदान गरिएको छ । खानपान, संस्कार संस्कृति, खेलकुद र अवलोकनका लागि ५० वटा स्टल राखिएको थियो । शैक्षिक महोत्सवको उद्घाटन प्राडा.उमेश कुमार शर्माले गरेका थिए । महोत्सवमा डा.रोशन राठी, डा.बसन्त जोशी, भिक्टर जोसेफ लगायतको उपस्थिति रहेको थियो । शैक्षिक महोत्सवमा विद्यार्थीहरुसँगै अभिभावकहरुले अवलोकन गरेका छन् ।

प्रकाशित मिति : फाल्गुन ५, २०८० शनिबार  ७ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]