बैशाख २६, २०८१ बुधबार

बिर्तामोडसहित चार वटा पालिका सेमीफाइनलमा

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगितामा ४ क्वाटर फाइनल खेल सम्पन्न भएका छन् ।

सोमवारको पहिलो खेलमा शिवसताक्षी नगरपालिका सेमी फाइनलमा फाइलनमा प्रवेस गरेको छ । भद्रपुर नगरपालिकालाई ट्राइबेकरमा ५–४ गोल अन्तरले हराउँदै शिवसताक्षी सेमीमा प्रवेस गरेको हो ।

निर्धारित समयमा दुवै टिमबाट २-२ गोल भएपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो । भद्रपुरका तर्फबाट जर्सी नं. ७ का उदय सेर्पाले हानेको गोल शिवसताक्षीका गोलरक्षक गणेश अधिकारीले रोकेपछि शिवसताक्षी सेमीमा पुग्न सफल भयो । खेल मेन अफदी म्याच शिवसताक्षीका गोल रक्षक गणेश अधिकारी घोषित भए ।

त्यसैगरी दोस्रो क्वाटर फाइनल खेलमा कनकाई नगरपालिकालाई हराउँदै विर्तामोड नगरपालिका सेमी फाइनलमा प्रवेश गरेको छ । कनकाई नगरपालिकालाई १–० गोल अन्तरले हराउँदै विर्तामोड सेमीमा प्रवेस गरेको हो । विर्तामोडका तर्फबाट दोस्रो हाफमा जर्सी नं. ३ का लिलु सोरेनले गोल गर्न सफल भए । प्रतियोगितामा दुवै टिमले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । खेलको मेन अफ दी म्याच विर्तामोडका लिलु सोरेन घोषित भए ।

त्यस्तै तेस्रो क्वाटर फाइनल खेलमा गौरीगञ्ज गाउँपालिका सेमी फाइनलमा प्रवेश गरेको छ । बुद्धशान्ति गाउँपालिकालाई २–० गोल अन्तरले हराउँदै गौरीगञ्ज गाउँपालिका सेमीमा प्रवेस गरेको हो । खेलको दोस्रो हाफमा गौरीगञ्जका क्याप्टेन विशाल थापाले लगातर २ गोल गरे । खेलको मेन अफ दी म्याच गौरीगञ्जका विशाल थापा घोषित भए ।

त्यसैगरी चौथो क्वाटर फाइनल खेलमा कमल गाउँपालिका सेमी फाइनलमा प्रवेस गरेको छ । बाह्रदशी गाउँपालिकालाई १–० गोल अन्तरले हराउँदै कमल गाउँपालका सेमीमा प्रवेस गरेको हो । कमल गाउँपालिकाले पेनेन्लटी सुट पाए जर्सी नं. ७ का दिपेन गिरीले कमलको तर्फबाट गोल गरेका थिए । उनको गोल नै निर्णायक गोल बन्यो । खेलको मेन अफ दी म्याच दिपेन गिरी घोषित भए ।

सोमवार भएका चार खेलमा म्याद अफ दी म्याच घोषित भएका खेलाडीहरुले नगद २ हजारसहित ट्रफि प्राप्त गरेका छन् ।
अन्तरपालिका कर्मचारीहरुको २ सेमी फाइनल खेल पर्सी ९ गते हुने आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ । सेमी फाइनल शिवसताक्षी र विर्तामोड, कमल र गौरीगञ्ज बीच हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद रु ७० हजार र उप विजेता टिमले नगद ४० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति : फाल्गुन ८, २०८० मंगलबार  ९ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]