जेष्ठ १, २०८२ बुधबार

कर्मचारी फुटबलको फाइनलमा बिर्तामोड र गौरीगञ्ज भिड्ने

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा गौरीगञ्ज गाउँपालिका र बिर्तामोड नगरपालिका भिड्ने भएका छन् । आज भएको पहिलो सेमीफाइनल खेलमा कमल गाउँपालिकालाई सडनडेथमा हराउँदै गौरीगञ्ज फाइनलमा प्रवेश गरेको हो ।

खेलको निर्धारित समयमा दूवै टिमबाट १-१ गोल भएपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो । ट्राइवेकरमा दुवै टिमबाट ३-३ गोल भएपछि खेल सथनडेथमा धकेलियो । सडनडेथमा ३-२ गोल अन्तरले हराउँदे गौरीगञ्ज गाउँपालिका फाइनलमा प्रवेस गरेको आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ । खेलको मेन अफदी म्याच गौरीगञ्जका जर्सी नं. ५ का खेलाडी लखीराम हेमरन घोषित भए ।

त्यस्तै दोस्रो सेमीफाइनल खेलबाट विर्तामोड नगरपालिका फाइनलमा प्रवेस गरेको छ । शिवसताक्षी नगरपालिकालाई ट्राइवेकरमा ४-३ हराउँदै विर्तामोड फाइनलमा प्रवेस गरेको हो । खेलको निर्धारित समयमा कुनै पनि गोल हुन सकेन । दुवै टिमको सहमतिमा थप १४ मिनेटमा गोल हुन नसकेपछि खेल ट्राइवेकरमा धकेलिएको थियो ।

खेलको मेन अफ दी म्याच विर्तामोडका जर्सी नं. ९ का सडकलाल राजवंशी घोषित भए । दूवै टिमका मेनअफ दी म्याच घाषित भएका खेलाडीले नगद २-२ हजार सहित ट्रफी प्राप्त गरे ।

अन्तरपालिका कर्मचारीहरुको फाइनल खेल शुक्रबार १ बजेदेखि हुने आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ । फाइनल खेलमा उपाधिका लागि विर्तामोड र गौरीगञ्ज भिड्ने छन् ।

प्रतियोगिताको विजेता टिमले नगद ७० हजार र उपविजेता टिमले नगद ४० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता शिवसताक्षीको झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : फाल्गुन ९, २०८० बुधबार  ७ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]