जेष्ठ ३, २०८१ बिहीबार

बिर्तामोड नगरपालिकाको सहयोगप्रति झापा गोल्डकप आयोजक उत्साहित छौं : बस्नेत

बिर्तामोड । झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बिर्तामोडलाई व्यापारिक हब जस्तै फुटबलको हवको रुपमा विकास गर्ने बताएका छन् । फागुन १९ देखि हुने गोल्डकपको टिम र ट्रफी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले बिर्तामोडलाई फुटबल हब बनाउने बताए हुन् ।

यो गोल्डकपमा पहिलो पुरस्कार अर्ना वियर र दोस्रो अन्तराष्ट्रिय झापाली समाजले व्यवस्था गरिदिने अध्यक्ष बस्नेतले जानकारी दिए । उनले पत्रकार सम्मेलनमा बिर्तामोड नगरपालिकाबाट ठुलो सहयोग प्राप्त भएको बताए । स्थानीय सरकारबाट धेरै माया पायौं, बस्नेतले भने – विगतमा वेवास्था भएको थियो । यो पटक गोल्डकपमा नगरपालिकाको अभिभावकीय भूमिका पाएका छौं । गोल्डकपको गार्जन नै बिर्तामोड नगरपालिका हो । मेयर पवित्रा महतारा प्रसाईले १० लाख छुट्टाइदिएको भन्नु भएको छ । हामीले १५ लाख भनेका छौं । उहाँले विचार गर्ने भन्नु भएको छ ।

बिर्तामोड नगरपालिकाको सहयोगका कारण आयोजक परिवार उत्साहित भएको उनको भनाई छ । नगरपालिकाको सहयोगले गोल्डकप सम्पन्न गर्न उर्जा प्राप्त भएको बस्नेतले बताए ।

प्रकाशित मिति : फाल्गुन ९, २०८० बुधबार  ८ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]