बैशाख २५, २०८१ मंगलबार

प्रोटेस्ट विवादले कर्मचारी फुटवलको फाइनल स्थगित

सरोज भट्टराई

शिवसताक्षी । झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुबटबल प्रतियोगिताको फाइनल खेल स्थगित भएको छ । गौरीगञ्ज गाउँपालिकाले खेल मैदानमा धर्नाका कारण फाइनल खेल स्थगित भएको हो ।

बुधबार भएको सेमी फाइनल खेलमा कमल गाउँपालकालाई हराउँदै गौरीगञ्ज फाइनलमा प्रवेश गरेको थियो ।
कमल गाउँपालिकाले गैर कर्मचारी खेलमा समावेश गराएको भन्दै गौरीगञ्ज गाउँपालिकालाई प्रोटेस्ट हालेको थियो । गौरीगञ्ज गाउँपालिकाले खेलमा समावेश गरेको खेलाडी कर्मचारीको मापदण्ड भित्र नपरेको प्रमाणित भएपछि कमल गाउँपालिकलाई आयोजक समितिले विजयी घोषणा गरेको हो ।

शुक्रवार हुने फाइनल खेलको समय अवधि अगावै गौरीगञ्ज गाउँपालिकाका कर्मचारीहरुले कमललाई खेलमा समावेश गराए खेल खल्न नदिने भन्दै स्टेजमा धर्ना दिए । गौरीगञ्जका कर्मचारीहरु आयोजकमाथि जाइलाग्न खोज्दा उनीहरुलाई प्रहरीले स्टेजबाट बाहिर ल्याएका थिए ।

गौरीगञ्जले आयोजकको निर्णय नमान्ने भन्दै आयोजक माथि अभद्र व्यवहार गरेको आयोजक समितिका खेल संयोजक प्रकाश चौधरीले बताए । गौरीगञ्ज गाउँपालिका दिएको प्रमाणका आधारमा मासिक तलबी कर्मचारी नभएको पुष्टि भएपछि कमलले लगाएको प्रोटेस्ट सदर गरेको संयोजक चौधरीले बताए । उनले भने, फागुन ७ गते भएको क्वाटर फाइनल खेलमा गौरीगञ्जले बाह्रदशी गाउँपालिकालाई प्रोटेक्ट हालेको थियो । प्रोटेक्ट परेपछि ब्रादशीले खेल खेल्न नआउदाँ गौरीगञ्जले सेमी फाइलन खेल्न पाएको हो ।

बिहीबार नै कमल गाउँपालिकाले हालेको प्रोटेस्ट सदर भएको गौरीगञ्ज गाउँपालिकालाई जानकारी गराएको आयोजक समितिले जनाएको छ ।

कमलले लिखित रुपमै निवेदन दिएपछि विहीबार बसेको आयोजक समितिले कमल गाउँपालिकाको प्रेटेक्ट सदर गरेको हो । गौरीगञ्ज गाउँपालिले खेलमा समावेश गरिएको खेलाडी नियमसंगत भएको पुष्टी गर्न नसेकेपछि कमललाई फाइनलका लागि बोलाइएको खेल आयोजक समितिका संयोजक प्रकाश चौधरीले बताए ।

खेल सञ्चालन गर्न पटक पटकको आयोजकको अनुरोध गौरीगञ्जले नमानेपछि आजको फाइनल खेल अर्को सूचना आउनुन्जेल स्थगित गरिएको आयोजकले जनाएको छ ।

गौरीगञ्जका कर्मचारीहरुको कमल गाउँपालिकालाई खेलमा समावेश नगराए मात्रै आफुरुले छोड्ने भन्दै आयोजकको विरुद्ध नाराबाजी समेत गरे । सेमी फाइलन खेल हुनुअघि कमल र गौरीगञ्ज गाउँपालिकाका कर्मचारीहरुले प्रोटेस्ट नहाल्ने भन्दै मौखिक सहमति गरेको र पछि कमलले प्रोटेस्ट हालेको भन्दै गौरीगञ्जले आपत्ती जनाएको छ ।
यता, कमल गाउँपालिकाले गौरीगञ्जले खेलमा समावेश गराएका खेलाडीहरु सरोज साउदेन, निरवहादुर प्रधान र विशाल श्रेष्ठ पूर्णकालिन कर्मचारी नभएको दावी गरेको छ ।

प्रकाशित मिति : फाल्गुन ११, २०८० शुक्रबार  ८ : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]