बैशाख १८, २०८१ मंगलबार

बिर्तामोड वाणिज्य संघलाई न्याय दिऊ

सम्पादकीय
झापाको ठुलो बजार बिर्तामोडका व्यापारीहरु आज नयाँ नेतृत्व चयनका लागि मतदान गर्दैछन् । आज गरिएको मतदानले तीन वर्ष बिर्तामोडको बजार क्षेत्रको नेतृत्व गर्नेछ । व्यवसायीले दिने मतका आधारमा नेतृत्व चयन हुनेछ भने अर्कातिर सोही अनुसार व्यापार क्षेत्र पनि अगुवाई हुनेछ । झापाको ठुलो बजारमा सबैको आकर्षण छ । अस्तव्यस्त बजार क्षेत्र, सुरक्षाको सवाल लगायतका विषयहरु सबैको चासो बनेको छ । व्यापारीको एक–एक मतको ठुलो अर्थ हुन्छ । एक मत मात्रै विग्रियो भने पनि व्यापारीहरुले तीन वर्ष दुख सहनुपर्छ । व्यापार क्षेत्रमा कुनै सहयोग पाइने छैन ।

वाणिज्य संघमा विगतमा एउटा भ्रम थियो । एउटा पार्टी, विचार समूहले नेतृत्व गर्ने संस्था भनेर । तर, त्यसको अर्थ अहिले छैन । हिजो पनि त्यो गलत अभ्यास गरिएको थियो । आज आम मतदाताले बुझन् जरुरी छ, वाणिज्य संघमा पार्टी, विचार हेर्न हुदैन । विगतमा जस्तो एउटा पार्टीलाई जिम्मा लगाउने परिपाटी अब अन्त्य गर्नुपर्छ । पार्टी राजनीतिलाई छोडेर व्यापार क्षेत्रको नेतृत्व गर्न सक्ने उम्मेदवारलाई विजयी गराउने हो भने मात्रै बिर्तामोडलाई पनि न्याय हुन्छ । बिर्तामोडलाई न्याय हुनु भनेको व्यापारीहरुलाई पनि न्याय हुनु हो । यसले वाणिज्य क्षेत्रको पनि न्याय गर्नेछ ।

व्यापारीहरुका अनेक समस्या छन् । त्यसको समाधान गर्ने पाटो एउटा छ । गैरकानुनी काम गर्ने व्यवसायीहरुलाई कुनै पनि नेतृत्वले सहयोग गर्न हुदैन । तर, नियतबस व्यापारीहरुलाई दुख दिइन्छ भने त्यसका विरुद्ध वाणिज्य संघ उभिनुपर्छ । अर्कातिर, समस्या मात्र होइन । अब व्यापार क्षेत्रको प्रवद्र्धन मुख्य चुनौतिको विषय छ । वाणिज्य संघले व्यापार क्षेत्रलाई बलियो बनाउनका लागि सोही अनुसारको योजना बनाउन सक्नुपर्छ । योजना निर्माणका लागि सक्षम नेतृत्वको खाँचो पर्छ । त्यसैले अब वाणिज्यलाई न्यायको आवश्यक छ । त्यसका लागि मतदाताहरुले आज एक दिन विवेक पुराउन जरुरी छ, सक्षम नेतृत्व चयनका लागि ।

प्रकाशित मिति : फाल्गुन १४, २०८० सोमबार  ७ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]