बैशाख २५, २०८१ मंगलबार

शिवसताक्षीका विपन्नलाई रोजगारी दिइने, सूचिकरण खुल्यो

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले बेरोजगार व्यक्ति तथा विपन्न परिवारका सदस्यहरुलाई रोजगारका लागि सूचिकरणको काम सुरु गरेको छ ।

नगरपालिकाले आ.व. २०८१-०८२ मा नगरक्षेत्र भित्र हुने भौतिक निर्माण तथा मर्मत कार्यमा स्थानीयलाई नै प्राथमिकता दिदै सूचिकरणको काम सुरु गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । शिवसताक्षी नगरपालिका रोजगार शाखाले नगरका ११ वटै वडाका बेरोजगार व्यक्ति र विपन्न परिवारका सदस्यहरुलाई सम्वन्धित वडामा गई फागुन महिना भित्रमा सूचिकृत हुन अनुरोध गरेको छ ।

आर्थिक तथा सामाजिक अवसरहरुबाट बन्चित स्थानीय नगरबासीहरुलाई प्राथमिकताको आधारमा न्युनतम १ सय दिन रोजगारीमा सम्लग्न गराई उनीहरुलाई आय आर्जनका साथै सार्वजनिक पूर्वाधारहरुको निर्माण, स्तरोन्नती र विस्तारमा योगदान गराउन प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सूचिकरणको काम अघि बढाइएको रोजगार संयोजक विदुर तिम्सिनाले जानकारी दिए । उनका अनुसार रोजगार पाउने श्रमिकले १ सय दिनको ६८ हजार ८ सय प्राप्त गर्ने छन् ।

सुचिकरणको आधारमा नगरपालिकाले आन्तरिक रोजगारी सृजना सम्वन्धी अध्ययन गरी रोजगारीको नयाँ क्षेत्र पहिचान गर्ने, रोजगारी सृजनाका लागि नीतिगत र संरचनागत व्यवस्था गर्ने, आवश्यकतामा आधारित सीप विकास गरी दक्ष तथा सक्षम जनशक्ति उत्पादन गर्ने उद्देश्यले सूचिकरण कार्य अघि बढाइएको हो ।

बेरोजार व्यक्तिलाई न्यूनतम रोजगारीको प्रत्याभूति गर्नका साथै रोजगार सेवा र सहयता नगरपालिकाको रोजगार सेवा केन्द्रबाट उपलब्ध गराउने तर त्यसकालागि सबै बेरोगार व्यक्तिहरुले सूचिकरण अनिवार्य गर्नु पर्ने शिवसताक्षी नगरपालिका रोजगार शाखाले जनाएको छ ।

सुचिकरणका लागि सम्बन्धित व्यक्तिको १ प्रति फोटो, नागरिकता, बसाई सरी आएको भए त्यसको प्रतिलिपी र परिवारका सदस्यहरुको नागरिकता वा जन्मदर्ताको प्रतिलिपी अनिवार्य रुपमा सम्लग्न गरी फारम भर्नु पर्ने छ ।
चालु आ.व.मा न्यनतम रोजगारीका लागि पहिलो चरणमा नगरको ७० जना बेरोजगार व्यक्तिहरुले काम गरिरहेका छन् । उनीहरुलाई सडकको प्लम निर्माण, धरधरे नियन्त्रण, ढुंगा जाली, धार्मिक तथा पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा सम्लग्न गराई काम गरिदै आएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन १५, २०८० मंगलबार  १२ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]