बैशाख २५, २०८१ मंगलबार

दूधेमा पूर्व प्रदेश मन्त्री दर्लामी र नगरप्रमुख थोप्रासहित दर्जनौ सम्मानित

शिवसताक्षी । झापाको शिवसताक्षीमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला कार्य समिति झापाले सामुदायिक भवनको उद्घाटन गरेको छ । सोमबार एक कार्यक्रमका बीच पूर्व प्रदेश मन्त्री झलकसिंह दर्लामी र शिवसताक्षी नगरप्रमुख मेगाहाङ्ग थोप्राले उक्त सामुदायिक भवनको उद्घाटन गरेका हुन् ।

भवन प्रदेश सरकारबाट विनियोजित २५ लाखको लागतमा निर्माण भएको आदिबासी जनजाति महासंघले जनाएको छ ।

भवन उद्घाटन गर्दै पूर्व मन्त्री दर्लामीले यसअघि आदिवासी जनजातिको भवन जिर्ण अवस्थामा रहेको र त्यसको मर्मतका लागि बजेट विनियोजन भएको बताए । उनले पुरानो भवनमा जीर्ण अवस्थाले गर्दा थप स्टकर्चन थप्न नमिल्ने भएपछि त्यसै स्थानमा उक्त रकमले नयाँ भवन निर्माण गरिएको जानकारी दिए । उनले भने, भवन बनाउनु ठूलो कुरा होइन तर त्यसको संरक्षण गर्नु ठूलो कुरा हो । उनले पुरानो भवनलाई पनि कुनै स्वरुप परिवर्तन गरेर भएपनि बनाउनु पर्ने बताए ।

त्यस्तै, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले सरकारले करोडौ खर्च गरेर बनाइएका संरचनाको संरक्षणका अभावमा जीर्ण अवस्थामा पुग्नु दुःखद भएको बताए । उनले शिवतसाक्षी नगरपालिकाले भवनभित्र आवश्यक पर्ने सामग्रीहरु प्रदान गरिएको जानकारी दिए । नगरप्रमुख थोप्राले भवनको अगाडी आउदो वर्ष इटरलक ब्लक लगाउने योजना रहेको समेत बताए ।

यसैबीच आदिबासी जनजाति महासंघ समन्वय समितिले पूर्व मन्त्री झलसिं दर्लामी, नगर प्रमुख मेगाहाङ्ग थोप्रासहित भवन निर्माणमा सहयोग गर्ने दर्जन बढीलाई सम्मान गरेको छ । उनीहरुलाई आदिबासी जनजाति महासंघ, कावा अध्यक्ष केवल राम राईलगायतले सम्मान गरेका हुन् ।

प्रकाशित मिति : फाल्गुन १५, २०८० मंगलबार  १२ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]