बैशाख १४, २०८१ शुक्रबार

ए डिभिजन लिग : संकटा र पुलिस तथा आर्मी र थ्रीस्टार प्रतिस्पर्धा गर्दै

काठमाण्डाै – कतार एअरवेज शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार दुई वटा खेल हुँदैछन् । दुवै खेल सातदोबाटोमा रहेकाे एन्फा मैदानमा हुने छ ।

बिहान साढे ११ बजे हुने पहिलो खेलमा संकटा क्लब र विभागीय क्लब नेपाल पुलिसले प्रतिस्पर्धा गर्दैछन् । जारी लिगमा नेपाल पुलिस र संकटाको समान चार–चार अंक रहेको छ । याे खेलमा विजयी हुने टिम पाँचौँ स्थानमा उक्लने मौका रहेको छ ।

यस्तै दिउँसो साढे ३ बजे हुने खेलमा त्रिभुवन आर्मी र थ्रीस्टार क्लब खेल्ने छन् ।  थ्रीस्टार अहिले चौथो स्थानमा छ भने आर्मी पाँचौँ स्थानमा छ । याे खेलमा थ्रीस्टार विजयी भए शीर्ष स्थानको मानाङसँग अंक बराबरी गर्ने छ ।

यता आर्मी विजयी हुँदा दोस्रो स्थानको मच्छिन्द्रसँग अंक बराबरी गर्ने छ । दुवै टिम गोलरहित बराबरीमा रोकिँदा कसैलाई पनि फाइदा हुनेछन् । 

प्रकाशित मिति : पुष १६, २०७६ बुधबार  १ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]