बैशाख २०, २०८१ बिहीबार

डिल्लीराजका प्रअ गुप्तालाई विप्लप समूहद्वारा विद्यालयमा रोक

बिर्तामोड । झापा गाउँपालिकास्थित डिल्लीराज माविका प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्तालाई विद्यालय प्रवेशमा रोक लगाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै प्रअ गुप्ताले गरेको अनियमितता छानविन नगरेसम्म विद्यालय प्रवेश गर्न नदिने विप्लप समूहको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल कम्यूनिष्ट पार्टी (विप्लप समूह) को झापा गाउँपालिका कमिटीले विद्यायलभित्र प्रअ गुप्ताले गरेका अनियमितताको छानविन नगरेसम्म रोक लगाइएको इञ्चार्ज कुमार सिले जनाएका छन् । उनीहरुले प्रअ गुप्ताको कोठामा समेत तालावन्दी गरेका छन् ।

प्रअ गुप्ताले विद्यालयमा अपारदर्शी ढंगले काम गरेपछि यतिवेला त्यहाँका शिक्षक, कर्मचारी, व्यवस्थापन समिति, अभिभावक, स्थानीयवासी सबै रुष्ट भएका छन् । पटक–पटक प्रअ गुप्तामाथि भ्रष्टाचार आरोप लाग्दा पनि छानविन नभएपछि विप्लप समूहले एक्सन लिएको हो । उनी विरुद्ध अख्तियारमा उजुरी समेत परेको छ ।

स्थानीय राजनीतिक दल, बुद्धिजीवी, जग्गादाताहरुले विद्यालयको पारदर्शीता खोजेका छन् । तर,प्रअ गुप्ताले उनीहरुको मागलाई वेवास्था गर्दै आएपछि सरोकारवालाहरु थप आक्रासित बनेका छन् ।

विद्यालयको भौतिक संरचना, दिवा खाजा लगायतमा ठुलो अनियमितता गरेको प्रअ गुप्तामाथि आरोप छ । विद्यालयमा नियमित लेखापरीक्षण नगरी काम गरेका गुप्तालाई यतिवेला चौतर्फी घरावन्दी छ ।

प्रकाशित मिति : फाल्गुन १६, २०८० बुधबार  ८ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]