जेष्ठ २, २०८१ बुधबार

झापा गोल्डकपको महाकुम्भ भोलीदेखि

बिर्तामोड । छैटौं झापा गोल्डकप भोलीदेखि बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा सुरु हुदैछ । गोल्डकपको पहिलो दिन संकटा र एपीफबीच खेल हुनेछ । गोल्डकपको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्ने छन् ।

गत वर्ष बिर्तामोडमा आयोजना नभएपछि भद्रपुरमा आयोजना भएको थियो । ०७८ पछि हुन लागेको झापा गोल्डको भव्य तयारी गरिएको छ । रंगशालालाई आवश्यक संरचना निर्माण देखि सौन्दर्यकरणमा पनि आयोजकले विशेष ख्याल गरेको छ । गोल्डकपको आयोजनासँगै बिर्तामोड क्षेत्रको सरसफाई र रात्रीकालिन लाइटको व्यवस्था मिलाइएको छ । यतिवेला विर्तामोड क्षेत्र झिलिमिली बनेको छ । बिर्तामोड मुक्तिचोकदेखि रंगशालासम्म सडक आसपास आकर्षक बनाइएको गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । उनले फुटवलप्रेमी र झापाबासीहरुको चाड भएकाले सोही अनुसार तयारी गरिएको बताए ।

यस पटकको गोल्डकपका लागि प्याराफिट निर्माण देखि सडक क्षेत्रको आवातजावत समेत व्यवस्थापन भइसकेको छ । बिर्तामोड नगरपालिका संरक्षक रहेको गोल्डकपमा आवश्यक व्यवस्थापन पक्षको तयारी सकिएको जनाइएको छ ।
गोल्डकप हेर्नका लागि बाँसको प्याराफिट तयार गरिएको छ । ११ हजार ३ सय ५० जना गोल्डकप हेर्न मिल्ने गरी प्याराफिट निर्माण सम्पन्न भइसकेको छ । सेमीभन्दा अघि टिकट २ सय , सेमीमा ३ सय र फाइनलमा ४ सय निर्धारण गरिएको छ । फाइनलमा ८० रुपैयाँ बराबरको जुस पाइने बताइएको छ ।

यती बु्रअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् । गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीले संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै, अर्को विभागीय टोली नेपाल पुलिस क्लबले फागुन २० गते ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग क्वार्टर फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । उद्घाटन खेलको विजेताले सर्लाहीको बागमती युवा क्लबसँग पहिलो क्वार्टर फाइनल खेल खेल्नेछ ।

त्यस्तै, फागुन २२ गते नेपाल पुलिस र चर्च ब्वाइजबीच हुने खेलको विजेताले न्युरोड टिम (एनआरटी) सँग दोस्रो क्वार्टर फाइनल खेल खेल्नेछ ।

तेस्रो क्वार्टर फाइनल खेल फागुन २३ गते विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले दुईपटक ए डिभिजन लिग च्याम्पियन बनेको मछिन्द्र एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम क्वार्टर फाइनल खेल फागुन २४ गते झापा ११ एफसीले एन्फा मकवानपुरसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने आयोजक झापा गोल्डकपले जनाएको छ । झापा गोल्डकपको फाइनल खेल फागुन २८ गते हुनेछ । गोल्डकपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ । झापा गोल्डकपको छैटौँ संस्करण सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : फाल्गुन १८, २०८० शुक्रबार  १२ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]