बैशाख २६, २०८१ बुधबार

१३ औं नगरसभामा शिवसताक्षीका उत्कृष्ट पाँच कर्मचारी सम्मानित

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले हिउँदै अधिवेशन तथा १३ औं नगरसभा सम्पन्न गरेको छ । नगरसभाबाट नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले बजेट, योजना संशोधन, परिमार्जन, रकमान्तर गर्नका लागि पेश गरेको योजना तथा कार्यक्रमहरु नगर सभाले सर्वसम्मत पारित गरेको छ ।

नगरसभामा नगरपालिकाले २०८०-०८१ का लागि कुल विनियोजित बजेट ८९ करोड, ७ लाख ५५ हजार मध्ये चालु खर्च तर्फ ५८ करोड, ८१ लाख, ६८ हजार खर्च भएको नगरसभामा जानकारी गराइएको थियो । त्यस्तै पुँजीगत खर्च तर्फ ३० करोड, २५ लाख ८६ हजार विनियोजन गरिएको थियो । जस मध्ये चालु २१ करोड, साठी लाख ५० हजार तथा पुँजीगत तर्फ ५८ करोड ८३ लाख ६२ जार खर्च भएको छ । उक्त खर्च चालुतर्फ विनियोजित बजेटको ३६.७२ प्रतिशत तथा पुँजिगत विनियोजित बजेटको १९.२९ प्रतिशत र कुल विनियोजित बजेटको ३०.८० प्रतिशत रहेको शिवसताक्षी नगरपालिकाका लेखा अधिकृत प्रकाश योङहाङ्गले जानकारी दिए ।

नगरसभामा नगरको धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखमा रहेको स्वीमिङ्ग पुल, चिल्डे«न पार्क र पूर्व दक्षिण खाली जग्गा लिज दिइने प्रस्ताव पारित भएको छ । उक्त संरचना सहितको जग्गा २५ वर्षका लागि बार्षिक १५ लाखमा लिजमा दिइने नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । उनले लिजमा दिएको पहिलो २ वर्ष पछि ठेक्का कबोल अंकको १५ प्रतिशतले भाडा बृद्धि गरिने र बाँकी वर्षको लागि प्रत्येक २ वर्षमा अन्तिम ठेक्काको २० प्रतिशतले बृद्धि हुँदै जाने समेत जानकारी गराए । उक्त क्षेत्रमा तीन तला भन्दा माथि पक्की संरचना बनाउन नपाउने, पर्यावरण संक्षणका लागि बोट विरुवाहरुको संरक्षण गर्नु पर्ने । लिज अवधि पुरा भइसकेपछि उक्त स्थानमा बनाइएको संरचना सबै नगरपालिकालाई हस्तान्तरण गर्नु पर्ने सर्त राखिएको समेत नगरसभामा जानकारी गराइएको थियो ।

त्यस्तै नगर सभाबाट शिवसताक्षी नगरपालिका भित्र दर्ता भई सञ्चालनमा आएका व्यापार व्यवसायहरुले विभिन्न कारण नविकरण हुन नसकेका वा नविकरण हुन नआएका व्यवसायीहरुको हकमा अब नविकरण गर्दा २०७९÷०८० देखि यताको नविरकण गर्दा शुल्क लिने र त्यस अघिको शुल्क छुट गरिने प्रस्ताव पारित भएको छ । नगरसभाबाट १० वटा प्रस्ताव पास भएको हो ।

नगरसभाबाट ११ वटा वडाका पौष मसान्त सम्म खर्च नभएका ३५ शिर्षकबाट रकम रकमान्तर गरेको छ । नगरपालिकाले कृषि, पर्यटन र पूर्वाधार विकास, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गुणस्तर सुधार, सामाजिक विकास तथा सामाजिक न्याय, मानव संसोधन विकास तथ ासीप र रोजगार उन्मुख कार्यक्रमको विस्तारमा जोड दिएको छ । त्यस्तै आन्तरिक राजश्व प्रणालीमा सुधार, वातावरण संरक्षण र विपद् व्यवस्थापन, संस्थागत सुशासन र सेवा प्रवाहमा सुधार गर्ने लक्ष्य अनुसार काम गरिएको नगरसभामा बताएको थियो ।

त्यस्तै कार्यक्रममा शिवसताक्षी नगरपालिकाका उत्कृष्ट ५ कर्मचारीहरुलाई नगद सहित सम्मान गरिएको थियो । जसमा स्वास्थ्य चौकी धरमपुरका पुष्पलाल घिमिरे, योजना शाखाका दिननाथ लुईटेल, वडा नं. ५का सचिव विनिसा बाँस्कोटा, कार्यालय सहयोगी सञ्जय डोम र दमकल चालक हरिकृष्ण घिमिरे रहेका छन् । उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले नगद जनही ७ हजार सहित सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा घर नक्शा सम्वन्धी समस्या समाधानका विषयमा समेत कुरा उठेको थियो । जसमा नगरप्रमुख थोप्राले हाल गठन भएको छानवीन समितिले छिटै छानवीनको प्रतिवेदन बुझाउने र पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जानकारी दिए । प्रतिवेदन सार्वजनिक पश्चात यो विषय अख्यिारले पनि छानविन गरिरहेको हुँदा सम्पूर्ण कागजात र प्रतिवेदन अतिख्यारमा पठाउने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन १८, २०८० शुक्रबार  ७ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]