जेष्ठ २, २०८१ बुधबार

झापा गोल्डकप : चार पटक आर्मी च्याम्पियन

बिर्तामोड । छैटौं झापा गोल्डकप शनिवारदेखि सुरु हुदैछ । यसअघि पाँच वटा संस्करण सकिएको छ । गत वर्ष भद्रपुर झापा गोल्डकप आयोजना भएपछि बिर्तामोडमा हुने गोल्डकप पनि रोकिएको थियो । झापा गोल्डकप कै सिजनमा भद्रपुर झापा गोल्डकप आयोजना गरेपछि छैटौ संस्करण भोलीबाट हुदैछ ।

यसअघिका पाँच वटा संस्करणमा त्रिभुवन आर्मीले उपाधिमा एकछत्र जमाएको थियो । झापा गोल्डकपमा आर्मीले दोस्रो संस्करण बाहेक सबै संस्करणको च्याम्पियन बनेको छ । दोस्रो संस्करणमा मनाङ मस्र्याङदीले उपाधि उचालेको थियो । पाँचौ संस्करणसम्म आयोजक झापा- ११ उपविजेतामा सिमित भयो ।

२०७२ देखि सुरु भएको झापा गोल्डकप छैटौं संस्करणमा आइसकेको छ । गोल्डकप आयोजनामा यसअघि उद्योगी होम पाण्डे, सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीले नेतृत्व गरिसकेका छन् ।

प्रकाशित मिति : फाल्गुन १८, २०८० शुक्रबार  ९ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]