बैशाख १२, २०८१ बुधबार

सशस्त्रको खुकुरी प्रहारबाट घाइते हुनेको बयान – ‘मासिक बुझाएरै वारीपारी भइरहेको छ’

बिर्तामोड । झापाको मेचीनगरमा सशस्त्र प्रहरी र नेपाल–भारत सामान ओेसारपसार गर्ने स्थानीयबीच आज साँझ भएको झडपमा घाइतेहरुको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । सुरुमा मनमोहन अस्पताल लगिएका घाइतेहरुको अहिले विएण्डसीमा उपचार भइरहेको छ । झडपको क्रममा सशस्त्र प्रहरीको खुकुरी प्रहारबाट ६ जना स्थानीय घाइते भएका थिए । एक जनालाई ठुलो चोट लागेको छ ।

नेपाल–भारत सीमा पिलर ९०-२–९०-३ नजिकै रहेको मेचीनगर नगरपालिका ७ स्थित गैरीगाउँमा तस्करीको सामान बरामद गर्ने क्रममा दुवै पक्षबीच झडप भएको थियो । सोही क्रममा घटनास्थल पुगेका प्रस्तावित सिमा सुरक्षा गुल्म, काँकडभिट्टाका कोट मास्टर र चालकले खुकुरी निकालेर एक्कासि प्रहार गरेको स्थानीयले आरोप छ । खुकुरी प्रहारबाट दीपा बातरको हातको औला काटिएको छ । हरि बातरको छातीमा गहिरो चोट लागेको छ ।

विषेश राजबंशी र मिलन चापागाईंको हात काटिएको छ । दीपक बातर र आनह यादवको शरिरमा चोट लागेको छ । भारतबाट सामान ल्याउनेलाई सशस्त्र प्रहरीले रोक्न खोज्दा झडप भएको र त्यस क्रममा स्थानीय र सशस्त्र प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको छ ।

हाल पाँच जना स्थानीय र एकजना सशस्त्र घाइते भएको जानकारी आए पनि अन्य पनि घाइते भएको हुनसक्ने भएकाले सोधपुछ गरिरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

सशस्त्र प्रहरीलाई मासिक बुझाएरै वारीपारी गर्ने गरेको घाइते परिवारले जनाएका छन् । सशस्त्रसँगै मिलेर काम गर्दा पनि आफुहरुमाथि खुकुरी प्रहार भएको पीडित परिवारको भनाई छ । अरुबेला केहि नगर्नेहरुले नै आज हतियार प्रहार गरेको बताए ।

घटना अनुसार सामान बोकेर आउने महिलालाई सशस्त्र प्रहरीले कुटपिट गरेपछि ठुलो संख्यामा सशस्त्र प्रहरीमाथि जाइलाग्दा घटनाले यस्तो रुप लिएको बुझिएको छ ।

प्रकाशित मिति : फाल्गुन १८, २०८० शुक्रबार  ११ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]