बैशाख १८, २०८१ मंगलबार

सिडिओले सहकारीका समस्या सुन्नैपर्छ

सम्पादकीय
कोरोना महामारी र आर्थिक मन्दीसँगै देशभर बैंक तथा सहकारीहरु समस्यामा छन् । अझ धेरै सहकारीहरु समस्यामा रहेको घटनाहरु बाहिर आएका छन् । सहकारीलाई मन्दी मात्र होइन, सञ्चालहरुले पनि समस्यामा पारेका छन् । देशभर कतिपय सहकारीहरु सञ्चालहरुकै रझाँईका कारण समस्यामा परे । जसको कारण सदस्यहरु त्यसको प्रत्यक्ष मारमा परेका छन् । सदस्यहरुको बचत रकम फिर्ता गर्न नसकेर सहकारीहरु बन्द भइरहेका छन् । केहि सहकारीका सञ्चालकहरु फरार नै भएका छन् । सदस्यहरुको ससानो बचतलाई सञ्चालकहरुले एकमुष्ट करोडौं बनाएर लगानी गरिरहेको समाचार पनि आइरहेकै छ ।

सहकारी विभिन्न कारणले समस्यामा छन् । त्यसमध्ये सबैभन्दा ठुलो समस्या भनेको सञ्चालकहरुको मनपरी हो । सहकारीलाई विधि बाहिर हिडाएर त्यसबाट फाइदा खाने सञ्चालकहरुका कारण आज सहकारी समस्यामा छन् । कर्जा लगानी फिर्ता नगरेको भन्दै सञ्चालकहरु समस्याबाट भागिरहेका पनि छन् । तर, सञ्चालकले चलाएको पैसा र सदस्यहरुले लिएको कर्जाको हिसाव गर्ने हो भने सञ्चालक नै अगाडि देखिन्छन् । तथापि, समस्याहरुको समाधान अहिलेको आवश्यकता हो । त्यसैले समस्या समाधानलाई प्राथमिकता दिन आवश्यक छ ।

सहकारीका समस्याहरुको पहिचान र समाधानका लागि बिहीवार जिल्ला समन्वय समितिमा कार्यक्रम आयोजना गरिएको थियो । जिल्ला प्रशासन आफै समन्वयकर्ता भएर आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नै कार्यक्रम छोडेर हिडे । सहकारीका समस्या नसुनी हिडेपछि सहकारीकर्मीहरु प्रजिअ बन्धु प्रसाद बास्तोलासँग आक्रोसित भएका छन् । सहकारीमाथि भइरहेको आक्रमण रोक्न प्रशासनले प्रभावकारी भूमिका निर्वाह नगरेको आरोप लागिरहेको बेला प्रजिअको व्यवहारले अझ अभियान्ताहरु रुष्ट भए । अब, प्रशासनको तर्फबाट सहकारीप्रतिको दृष्टिकोण के हो ? सार्वजनिक गर्न आवश्यक छ । सहकारीलाई राज्यबाटै उपेक्षा भएमा थप जोखिम र असुरक्षा बढेर जानेछ । त्यस तर्फ सबैको ध्यानाकर्षण हुन आवश्यक छ ।

प्रकाशित मिति : फाल्गुन १९, २०८० शनिबार  ६ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]