बैशाख १८, २०८१ मंगलबार

पूर्वी सीमामा सुरक्षाकर्मी बढाऊ

सम्पादकीय
झापाको काँकडभिट्टामा शुक्रवार भएको घटनाले त्यहाँको असुरक्षा र अराजकतालाई प्रदर्शित गरेको छ । काँकडभिट्टासहित सीमा क्षेत्रको सुरक्षामा शुक्रवारको घटनाले त्यहाँको संवेदनशिलतालाई बाहिर ल्यायो । सीमा सुरक्षाकर्मी र केरियरको काम गर्नेबीच भएको झडपले ठुलै अप्रिय घटना जोगिएको छ । खुकुरी हानाहान्को अवस्था आउनु भनेको सामान्य विषय होइन । डिउटीमा रहेको प्रहरी कर्मचारीले नागरिकमाथि त्यो हदको कारबाही गर्न मिल्दैन । र, वारीपारीको नाममा अराजकता पनि गर्न कसैलाई छुट छैन ।

जहाँ गलत काम हुन्छ, त्यहाँ असुरक्षा हुन्छ । असुरक्षा मात्र होइन, अराजकता पनि हुन्छ । सुरक्षाकर्मीमाथि वारीवारी गर्नेहरुले आक्रमण नै गर्ने कुरा हदैसम्मको अराजकता हो । अवैध रुपमा भित्राएको सामान नियन्त्रणमा लिँदा सशस्त्र प्रहरीमाथि आक्रमण भएको घटना बुझ्न सकिन्छ । सशस्त्र प्रहरीले तस्करीमा संलग्नहरुले खुकुरी प्रहार गरेपछि ज्यान जोगाउन प्रतिकार गरेको बताइरहेका छन् । अर्कातिर, पोकेको भूमिकामा रहेकाहरुले विना कारण कुटपिट गरेका कारण स्थानीयबासी उत्तेजित भएको बताइरहेका छन् । दुवै पक्षको दावी अनुसन्धान पश्चात अवश्यक सत्यतथ्य बाहिर आउने नै छ ।

पूर्व सीमामा सशस्त्र प्रहरी नै असुरक्षित हुनु भनेको सुरक्षा चुनौति हो । वारीपारीमा मिलेमतो भएकाले उनीहरुले सशस्त्र प्रहरीलाई सामान्य रुपमा लिएका हुन् । सेटिङमा वारवार गर्न सशस्त्र प्रहरीले पनि कुनै न कुनै भूमिकाबाट सहयोग गरिरहेकै छ । कारोवार नमिलेको बेला यस प्रकारका घटनाहरु बाहिर आउने गरेका छन् । सशस्त्रले आफ्नै स्टाफ कुटपिट गर्ने, वारीपारी गर्नेहरुलाई कुटपिट गर्ने, सशस्त्रमाथि यस प्रकारका आक्रमण गर्ने घटना यसअघि पनि नभएको होइन । सीमामा सुरक्षाको तर्फबाट कमजोरी गरुञ्जेल जोखिम पनि उत्तिकै रहन्छ । यसैले सीमामा अवैद्य आयातमा सशस्त्रले अरुवेला पनि नियन्त्रण गर्ने हो भने दुवै पक्ष आफ्नो ठेगानमा बस्ने निश्चित छ । अर्को, सीमामा सुरक्षाको व्यवस्थापनमा ध्यान दिन जरुरी देखिएको छ । एक्लैदोक्लै डिउटी पठाउने काम सुरक्षा निकायले रोक्नुपर्छ । त्यहाँ पर्याप्त संख्या वृद्धि गर्न आवश्यक देखिएको छ ।

प्रकाशित मिति : फाल्गुन २०, २०८० आईतबार  १० : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]