बैशाख १६, २०८१ आईतबार

झापा गोल्डकपमा दर्शकको उपस्थिति अति न्यून

बिर्तामोड । फागुन १९ गतेदेखी सुरु भएको झापा गोल्डकपमा तीन वटा खेल भइसकेको छ । पहिलो खेलदेखी तेस्रो खेलसम्म आइपुग्दा दर्शकहरुको उपस्थिति भने न्यून देखिएको छ ।

भव्य तयारीका साथ आयोजना गरिएको छैटौं झापा गोल्डकपमा अपेक्षाकृत उपस्थिति हुन सकिरहेको छैन । उद्घाटनको दिनमा १४ सय ३३ जनाले टिकट खरिद गरेर गोल्डकप हेरेका छन् । दोस्रो दिन ५८५ र तेस्रो दिन ५ सय जनाले टिकट खरिद गरेर गोल्डकप हेरेको आयोजक समितिका महासचिव गजेन्द्र पौडेलले जानकारी दिए ।

लाखौं रुपैयाँ खर्चिएर गोल्डकप हेर्नका लागि बाँसको प्याराफिट तयार गरिएको छ । ११ हजार ३ सय ५० जनाले गोल्डकप हेर्न मिल्ने गरी प्याराफिट तयार गरिएको छ । तर, क्षमताको आधारमा अति न्यून दर्शक टिकट खरिद गरेर गोल्डकप हेर्न गइरहेका छन् । गोल्डकप हेर्नका लागि सेमीभन्दा अघि टिकट २ सय , सेमीमा ३ सय र फाइनलमा ४ सय निर्धारण गरिएको छ । फाइनलमा ८० रुपैयाँ बराबरको जुस समेत पाइने बताइएको छ ।

यसअघिको गोल्डकपमा १ सय पर्ने टिकटलाई यो वर्ष २ सय बनाइएको छ । फाइनलमा ३ सय तिरेर प्रवेश गर्ने दर्शकहरु यस वर्षको ४ सय तिर्नुपर्नेछ । तयारी अनुसारको सहभागिता नभएपछि विभिन्न हिसावले टिप्पणी भइरहेको छ ।
फागुन २१ गते दर्शक अति न्यून भए पछि पहिलो हाफपछि निशुल्क प्रवेश गर्न दिइएको थियो । सुखानी सहिद दिवस, विवाहका धेरै कार्यक्रमहरु भएकाले अपेक्षाकृत दर्शकको सहभागी नभएको महासचिव पौडेलको अनुमान छ । उनले झापाको फुटवल विकासमा सहयोग गर्न फुटवल प्रेमीहरुलाई मैदानमा आउन आग्रह समेत गरेका छन् ।

झापा जिल्ला फुटवल संघका अध्यक्ष भगिरथ आले मामाले फुटवल प्रेमी दर्शकहरुका लागि भोलीपल्ट हुने खेलबारे अघिल्लो दिन नै जानकारी दिन आवश्यक रहेको बताएका छन् । टाइसिट प्रचारमा व्यापकता ल्याउन आवश्यक रहेको उनको भनाई छ । उनले सेमीफाइनल र फाइनल भन्दा अघिल्लो खेलहरुमा सहभागिता न्यून हुन सक्ने बताएका छन् । उनले भने, गर्मीले पनि दर्शनको उपस्थिति न्यून भएको हुन सक्छ । दर्शकको उपस्थिति न्यून भए पनि फुटवलको चाम घटेको भनेर बुझ्न नमिल्ने प्रतिक्रिया दिए । दैनिक जीवनको व्यस्तताले पनि सोचे अनुरुप दर्शको सहभागिता नभएको हुन सक्ने उनको बुझाई छ ।

प्रकाशित मिति : फाल्गुन २२, २०८० मंगलबार  ११ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]