बैशाख १६, २०८१ आईतबार

रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं, २४ फागुन । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ।

गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा रियल म्याड्रिडले जर्मनी क्लब आरबी लेइपजिंगसँग १-१ गोलको बराबरी खेल्दै समग्रमा २-१ को नतिजासहित क्वाटरफाइनलमा पुगेको हो।

यस खेलमा रियल म्याड्रिडका लागि भिनिसियस जुनियरले गोल गरेका थिए भने आरबी लेइपजिंगका लागि विली ओर्बानले एक गोल गरेका थिए।

यसअघि सम्पन्न राउण्ड १६ को पहिलो लिगमा रियल म्याड्रिडले १-० को नतिजा निकालेको थियो।

योसँगै रियल म्याड्रिडसहित बायर्न म्युनिख, पिएसजी र म्यानचेस्टर सिटी यस सिजनको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्।

प्रकाशित मिति : फाल्गुन २४, २०८० बिहीबार  १० : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]