बैशाख १६, २०८१ आईतबार

झापा गोल्डकप : दर्शकको संख्या तेब्बरले बढ्यो

बिर्तामोड । गत फागुन १९ गतेदेखी सुरु भएको झापा गोल्डकपमा दर्शकको संख्या बढेको छ । बुधबार भएको आर्मी र मछिन्द्र बीचको खेलमा अघिल्लो दिनहरुको तुलनामा दर्शकको संख्या वृद्धि भएको हो ।

चार पटक झापा गोल्डकपको उपाधि जितेको त्रिभुवन आर्मी र भर्खरै केपी ओली कपको उपाधि उचालेको मचिन्द्र बीचको खेल हेर्न दर्शकको संख्या दोब्बरले बढेको हो । चर्चित दुई क्लवको खेल हेर्न १६ सय ११ जनाले टिकट काटेर फुटवल हेरेका छन् । पास मार्फत हेर्नेको सख्या पनि ठुलो छ । बुधबार एकै दिनमा गोल्डकपले ३ लाख २२ हजार २ सय रुपैयाँ गेटमनी उठाएको छ । त्यसअघि दैनिक५ सयको हाराहारीमा दर्शकको उपस्थिति भइरहेको थियो ।

अहिलेसम्मकै भव्य तयारीका साथ आयोजना गरिएको छैटौं झापा गोल्डकपमा अपेक्षाकृत उपस्थिति हुन नसकेपछि आयोजक चिन्तित बनेका थिए । तर, पाँचौं दिनमा आइपुग्दा दर्शकको संख्या बढेपछि आयोजक उत्साहित बनेका छन् । झापा ११ को खेललाई पछि राखेकै कारण दर्शकको उपस्थिति सुरुवातमा कमजोर भएको टिप्पणी गरिएको छ ।

उद्घाटनको दिनमा १४ सय ३३ जनाले टिकट खरिद गरेर गोल्डकप हेरेका छन् । दोस्रो दिन ५८५, तेस्रो दिन ५ सय, चौथो दिन ४९३ र पाँचौं दिन १६११ जनाले टिकट खरिद गरेर गोल्डकप हेरेको आयोजक समितिका महासचिव गजेन्द्र पौडेलले जानकारी दिए ।

दर्शकको सुविधामा लागि लाखौं रुपैयाँ खर्चिएर गोल्डकप हेर्नका लागि बाँसको प्याराफिट तयार गरिएको छ । ११ हजार ३ सय ५० जनाले गोल्डकप हेर्न मिल्ने गरी प्याराफिट तयार गरिएको छ । गोल्डकप हेर्नका लागि सेमीभन्दा अघि टिकट २ सय , सेमीमा ३ सय र फाइनलमा ४ सय निर्धारण गरिएको छ । फाइनलमा ८० रुपैयाँ बराबरको जुस समेत पाइने बताइएको छ ।

गोल्डकप आयोजकले करिव ५ हजार पास वितरण गरेको छ ।

आजको खेल : झापा ११ vs एन्फा मकवानपुर

 

प्रकाशित मिति : फाल्गुन २४, २०८० बिहीबार  १० : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]