जेष्ठ १, २०८२ बुधबार

झापा गोल्डकप : ८ मार्चको अवसरमा महिलालाई निःशुल्क प्रवेशको व्यवस्था

बिर्तामोड । बिर्तामोडमा जारी छैटौं झापा गोल्डकपको शुक्रबार हुने खेल हेर्न महिलाहरुलाई निःशुल्क व्यवस्था गरिएको छ । ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा महिलाहरुलाई खेल हेर्न निशुल्क व्यवस्थापन मिलाइएको गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

भोली हुने त्रिभुवन आर्मी क्लब र एपिएफ एफसीको सेमीफाइनल खेल हेर्ने प्रवेश शुल्क नलाग्ने बस्नेतले जानकारी दिए । महिला दिवसको अवसरमा आम महिला दिदीबहिनीहरुको सम्मानका लागि उक्त निर्णय गरिएको बताइएको छ ।

गोल्डकपका कोषाध्यक्ष केदार गिरीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा खेल हेर्नका लागि डोमालाल रंगशालामा निमन्त्रणा समेत गरेका छन् ।

प्रकाशित मिति : फाल्गुन २४, २०८० बिहीबार  १० : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]