बैशाख १७, २०८१ सोमबार

महिला सहभागितामा जोड दिऊ

सम्पादकीय
आज ८ मार्च अर्थात अन्तराष्ट्रिय श्रमिक महिला दिवस । विश्वभर महिला अधिकारको सवालमा आवाज उठाउँदै आजको दिनलाई भव्य रुपमा मनाउने चलन छ । महिला अधिकार र मुद्धाको विषयमा अन्य दिनहरुभन्दा आज अली धेरै उठाइन्छ । किनभने, महत्वपूर्ण काम गर्न दिवस नै पर्खिरहेको अनेकौ दिवसहरुले पनि स्पष्ट बनाएकै छ । महिला अधिकारको सवालमा आवाज सधैं उठाउनुपर्छ भन्ने मान्यता स्वमय् महिलाहरु मै पाइदैन । तर, यो मुद्दा महिलाको मात्र होइन । महिला अधिकार प्राप्तिको सवालमा पुरुषको भूमिका अग्रस्थानमा हुनुपर्छ ।

सन् १९१० बाट विश्वभर अन्तराष्ट्रिय महिला दिवस मनाउन थालिएको हो । विभिन्न राष्ट्रमा फरक–फरक ढंगबाट आजको दिनमा दिवस मनाउने गरिन्छ । महिला अधिकारको सवालमा बहस हुँदा अहिले संविधानमा व्यवस्था गरिएको भन्दै प्रचार गर्ने गरिन्छ । ३३ प्रतिशत महिला सहभागिता संविधानमा व्यवस्था गरेर मात्र महिला अधिकार पुरा हुन सक्दैन । अब, शिक्षा स्वास्थ्य र रोजगारीसँगै उद्यमशिलताका लागि राज्य सचेत हुन आवश्यक छ । शिक्षा हुनेहरु बेरोजगार बन्नुपर्ने परिस्थिति छ । यसैले सर्वप्रथम महिलालाई सीपमा दक्ष बनाउन अनिवार्य छ ।

महिला र पुरुषमा विभेद् हुनुहुदैन भन्ने मान्यता अहिलेका लागि स्वभाविक जस्तै भइसक्यो । तर, कार्यान्वयनका सवालमा हेर्ने हो भने कार्यान्वयन फितलो नै छ । बुधबार मात्र विस्तार भएको सरकारमा महिला सहभागितामा २० प्रतिशतभन्दा कम छ । जब, महिलाको सहभागिता नै कमजोर हुन्छ भने महिलालाई उठ्नै दिइदैन । यसैले महिलाहरुले पुरुषसँगै काम सघाउँदा अधिकार प्राप्त भयो भन्ने हिसाव पनि राख्न हुदैन । पुरुषको जिम्मेवारीलाई महिलाले अधिकारको रुपमा बुझ्न हुदैन । यसैले हरेक क्षेत्रमा समान सहभागितामा जोड दिन आवश्यक छ । वर्षमा एक दिन दिवस मनाएर होइन, बाँकी दिनहरुमा समान अवसरका लागि सधैं लढिरहनुपर्छ । लडेर पनि समान अधिकारको भागेदार हुनुपर्छ ।

प्रकाशित मिति : फाल्गुन २५, २०८० शुक्रबार  २ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]