बैशाख १७, २०८१ सोमबार

बद्मास सहकारीको संरक्षण नगरौं

सम्पादकीय
झापाको बुद्धशान्तिस्थित जयपुर बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष र व्यवस्थापकलाई पक्राउ गरेसँगै सहकारी क्षेत्रमा वेथितीको नेतृत्व गर्नेहरु त्रसित भएका छन् । सहकारी क्षेत्रमा मनपरी गर्दा हुन्छ भन्नेहरुलाई झापा प्रहरीले अब नछोड्ने पक्कापक्की छ । सहकारी क्षेत्रमा कतिपय सञ्चालक र व्यवस्थापकबाटै वेथितीको नेतृत्व भइरहेको छ ।  जसका कारण सहकारीहरु अप्ठ्यारोमा छन् । सहकारीलाई नियम बमोजिम नेतृत्व गर्ने सहकारीकर्मी न्यून छन् । जसको सहकारी ठिकै हिसावले चलिरहेको छ । नियम बमोजिम चल्नेहरु प्रहरीबाट त्रसित बन्नुपर्ने अवस्था छैन ।

सहकारी र सहकारीको कारोवारका हिसावले अग्रस्थानमा रहेको झापामा समस्याको चाँङ छ । बेलैमा समाधान नगरिएका कारण त्यसको प्रत्यक्ष मारमा सदस्यहरु परिरहेका छन् । सदस्यहले बचत रकम फिर्ताको लागि निकै कठिनाईहरु व्यहोर्नुपर्ने अवस्था छ । सञ्चालक र व्यवस्थापकका कारण बचत रकम फिर्ता हुने अवस्था छैन । जसका कारण सदस्यहरुले नै उजुरी गरे । उजुरीकै आधारमा दुई जनालाई पक्राउ गरिएको हो । सहकारीमा समस्या हुँदाहुँदै पनि सदस्यहरु चुप बसेको अवस्था छ । सदस्यहरुले कमजोरी लुकाईदिने हो भने त्यसको असर ठुलो मात्रामा फैलिने निश्चित छ ।

देशभरका सहकारी तथा बैंकहरुमा समस्या भएको आवाज चर्को रुपमा उठिरहेको छ । ठिक ढंगले काम गर्ने सहकारीहरु पनि गलत गर्नेहरुका कारण बद्मानी सहिरहेका छन् । यदि, बेठिक हिसावले काम गर्नेहरुलाई सहि ढंगबाट काम गरिरहेका सहकारीहरुले खवरदारी गर्ने हो भने समस्या समाधानमा केहि राहत अवश्य हुने थियो । सहकारीलाई खेदेर होइन, सरोकारवालाले ठिक ट्रयाकमा हिडाउन सक्नुपर्छ । सदस्यहरुको बचत र संस्थाको कर्जा लगानी दुवैको सुरक्षाका लागि बद्मास सहकारीको संरक्षण कसैले पनि गर्न हुदैन । संरक्षण नगरी कारबाहीको दायरमा ल्याउन सकियो भने सदस्यहरुसँगै संस्था पनि सुरक्षित हुनेछ । त्यसका लागि प्रहरीले सुरु गरेको कारबाही अभियानमा सहयोगी भूमिका हुन आवश्यक छ ।

प्रकाशित मिति : फाल्गुन २६, २०८० शनिबार  ११ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]