बैशाख १६, २०८१ आईतबार

मिसन बिर्तामोडले परिवारलाई जिम्मा लगायो उद्धार गरिएका तीन बालक

बिर्तामोड । मिसन बिर्तामोडले तीन जना बालकलाई परिवारको जिम्मा लगाएको छ । सडक बालकको रुपमा जीवन विताइरहेका बालकलाई उद्धारपछि सुधार गृह राखिएको थियो । उनीहरुलाई सुधार गृहमा आवश्यक उपचार पश्चात परिवारको जिम्मा लगाइएको मिसन बिर्तामोडका संयोजक माधव झाले जानकारी दिए ।

आज बिर्तामोडस्थित मोक्षमा एक कार्यक्रमको आयोजना गर्दै तीन जना बालकलाई परिवारको जिम्मा लगाइएको हो । लागुऔषधजन्य पदार्थको प्रयोग गर्दै सडकमै बस्दै आएका बालकालिकाको केहि महिनाअघि मिसन बिर्तामोडले उद्धार गरेको थियो ।

सडक मै बास बसिरहेका तीन जना बालकलाई आवश्यक उपचार गरेर परिवारलाई जिम्मा लगाइएपछि अभिभावकले धन्यवाद व्यक्त गरेका छन् । उनीहरुको उद्धार तथा उपचारका लागि बिर्तामोड नगरपालिका वडा नं. ३, ४, ५ सहित रिभाइभ फाउण्डेशन, नवयात्रा फाउण्डेशन र शुभारम्भ फाउण्डेशनले सहयोग गरेको झाले जानकारी दिए ।

परिवारलाई हस्तान्तरण गरिए पनि उनीहरुको थप हेरचाहका लागि बिर्तामोड वडा नं. ४ का अध्यक्ष राहुल शर्मा, खेलकुद समिति अध्यक्ष विकास गिरी र सुरज शेर्पालाई जिम्मेवारी प्रदान गरिएको छ ।

बिर्तामोड १० स्थित अल इन वानका अध्यक्ष कृष्ण योञ्जनले एक जना बालकको अध्ययनमा तीन वर्षका लागि सहयोग गर्ने घोषणा गरेका छन् । सोही अवसरमा मिसन बिर्तामोडको आगामी योजनाहरु समेत जानकारी गराइएको थियो ।

प्रकाशित मिति : फाल्गुन २६, २०८० शनिबार  २ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]