बैशाख २५, २०८१ मंगलबार

बालसेवाको स्वर्ण महोत्सवः शिक्षक अभिभावकसहित ४० जना सम्मानित

शिवसताक्षी । झापाको शिवतसाक्षी ७ मा फाक्तेपमा रहेको श्री बालसेवा आधारभूत विद्यालयले स्वर्ण महोत्सव मनाइएको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी ५० औ स्थापना दिवस तथा स्वर्ण महोत्सव मनाएको हो ।

स्वर्ण महोत्सवको आवसरमा विद्यालयले ४० बढी दाता तथा शिक्षकहरुलाई सम्मान गरेको छ । विद्यालयले विद्यार्थीहरुलाई विद्यालयसम्म आवतजावतका लागि स्कुल बस खरिद अभियान सञ्चालन गरेको छ । उक्त अभियानमा सहयोग रकम प्रदान गर्ने दाताहरुलाई समेत विद्यालयले सम्मान गरेको हो । बस खरिद अभियानमा बालसेवा आधारभूतका शिक्षकहरुले एक महिनाको तलब विद्यालयलाई प्रदान गरेका छन् ।

उक्त अभियानमा सहयोग गर्ने शिक्षक, कर्मचारी लगायत दाताहरुलाई विद्यालयले सम्मान गरेको छ । विद्यालयले एक लाखदेखि ५ हजार सम्म सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको विद्यालयका प्रअ बेनुप्रसाद कार्कीले जानकारी दिए । त्यस्तै, विद्यालयले विद्यालयको संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरुलाई समेत सम्मान गरेको हो । कार्यक्रममा प्रदेश सांसद राधाकृष्ण खनाल, नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्कीलगायतले सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा माननीय संसाद एलपी साँवा लिम्बुले विद्यालयलाई आफ्नो एक महिनाको तबल बराबरको रकम सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले उक्त विद्यालयको भौतिक साथ साथै शैक्षिक गुणस्तर वृद्धिका लागि समेत काम थाल्न सुझाए । उनका अनुसार आगामी वर्ष विद्यालयका आसपासका सडकहरु समेत कालोपत्रे गरिने छ । उनले विद्यालयको स्वर्ण महोत्सव शिलालेख अनावरण गरेका थिए ।

त्यस्तै नगर प्रमुख मेगाहाङ्ग थोप्राले बालसेवा आधारभूत विद्यालयलाई गएको वर्षदेखि स्मार्ट विद्यालयको रुपमा विस्तार गर्न काम सुरु गरिएको जानकारी दिए । उनले अब नगरका सामुदायिक विद्यालयहरुलाई क्रमशः स्मार्ट बनाउँदै लगिने बताए । उक्त विद्यालयमा नगरपालिकाले पनि सहयोग प्रदान गर्ने उनको भनाई थियो । उनले विद्यालयको बस खरिद अभियानमा विद्यार्थीको भविष्यका निम्ति अभिभावकहरुबाट स्वःस्फूर्त रुपमा रकम संकलन भएकोमा सबैलाई धन्यवाद दिएका थिए ।

कार्यक्रमा प्रदेश सांसद राधाकृष्ण खनाले पनि विद्यायलको अभियानमा आफुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यस क्षेत्रको समग्र विकासका लागि प्रदेशको तर्फबाट न्योचित ढंगले काम गरिने उनले बताए ।

विद्यायलको प्र.अ. बेनुप्रसाद कार्कीले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले विद्यालयले बस खरिद अभियान सञ्चालन गरिरहँदा शिक्षकहरुबाट रकम संकलन भएकोमा शिक्षकहरु प्रति विशेष धन्यवाद दिएका थिए ।

उनले भने, बास्तबमा परिवर्तन अरुबाट होइन आफैबाट सुरु गर्नु पर्छ भन्ने भावना यस विद्यालयका शिक्षकहरुले देखाउनु भएको छ । यसले विद्यार्थीको भविष्य उज्ज्वल बनाउन कोसे ढुंगा सावित हुने छ । यस विद्यालयका अभिभावकहरु प्रति पनि म आभार व्यक्त गर्न चाहान्छु उनले भने, अभिभावकहरुको साथ सहयोगले नै विद्यालय आज यो अवस्थामा आउन सकेको छ ।

उनले यसको साथै अब विद्यालय नयाँ रणनीति बनाएको जानकारी दिए । नयाँ रणनीतिका साथ विद्यालयले शैक्षिक गुणस्तरका लागि रचनात्मक काम गर्ने उनको भनाई थियो ।

उनका अनुसार बस खरिद अभियानमा शिक्षकहरुबाट ४ लाख ४१ हजार र अभिवाक तथा बैदेशिक रोजगारीमा रहेका दाताहरुबाट ११ लाख ७५ हजार गरी जम्मा १६ लाख ४१ हजार रकम संकलन भएको छ ।

कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा शिवसताक्षी नगरपालिका शिक्षा शाखा प्रमुख छविलाल ढकाल, लेखा शाखा प्रमुख प्रकाश योङ्गहाङ, वडा नं. ४ का वडाध्यक्ष विष्णु प्रसाई, वडा नं. ८ का वडाध्यक्ष सन्त फेउदिन, विभिन्न विद्यालयहरुका प्र.अ. तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतका उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक सन्तोष खत्रीले गरेका थिए ।

प्रकाशित मिति : फाल्गुन २६, २०८० शनिबार  २ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]