बैशाख १७, २०८१ सोमबार

सामाजिक सेवा नगर्ने सहकारीको सदस्य नबनौं

सम्पादकीय
झापाको धेरै ठाउँहरुमा केहि सहकारीहरु सामाजिक सेवा गर्दै पुगिरहेका छन् । गाउँमा सहकारी पुग्दा सरकार आएजस्तो अनुभूति हुने गरेको छ । कतिपय अवस्थामा सहकारीहरु सरकारकै भूमिकामा समेत प्रस्तुत भइरहेका छन् । जहाँ सरकारको अनुपस्थिति छ, त्यहाँ सहकारीको उपस्थिति हुनु सकारात्मक पक्ष हो । सहकारी गरिव, विपन्नहरु कै संस्था हो । गरिव, विपन्नहरुहरुको बाहुल्यता पनि गाउँ मै छ । त्यसैले सहकारीहरु सेवाको पोको बोकेर गाउँ जानु ठुलो सामाजिक कर्म हो । बिर्तामोडमा रहेको सिम्रिक सहकारीले मोरङको मिक्लाजुङमा पुगेर स्वास्थ्य शिविर गरेर फर्कियो । विद्यायलहरुमा स्कुल ब्याग, पहिरन, जाडोको समयमा स्वीटर, ट्रयाक लगायतका सामान बोकेर सिम्रिकको टिम गाउँगाउँ पुगिरहेको छ ।

त्यस्तै, अर्को सहकारी छ– सहारा । सहारा अझ आम नागरिकको सहारा बनिरहेको छ । सहाराले स्वास्थ्य सेवासँगै सामाजिक रुपमा अनगिन्ती कामहरु गरिरहेको छ । गरिव विपन्नलाई घर बनाउनेदेखि भोका परिवारहरुलाई खाद्यन्न समेतको सहयोग गरिरहेको छ । यसरी सहयोग गर्ने सहकारी दर्जनौ छन् । सामाजिक कामकै हिसावले गणना गर्दा बिर्तामोड क्षेत्रमा कर्णाली सहकारी पनि अग्रपंती मै छ । सहकारी भनेको विपन्न असहाय परिवारकै साझा संस्था हो । उल्लेखित केहि सहकारी जस्ता केतिपय सहकारीहरु गाउँगाउँमा सेवा गरिरहेका छन् । तर, धेरै सहकारीहरु पैसा कमाउने खेलोफड्को बाहेक बाँकी काममा देखिदैनन् ।

सहकारीहरुको उद्देश्य बृहत छ । तर, अधिकांश सहकारीहरु बचत तथा ऋणमा केन्द्रित छन् । ऋण लगानी गर्ने र व्याज उठाउने बाहेकको उद्देश्य नराख्ने सहकारीहरुसँग सदस्य बन्नु र नबन्नुमा कुनै अर्थ रहदैन । सहकारी जस्तोसुकै समस्या पनि साथ दिइरहेको छ कि छैन ? पैसा कमाउने ध्यानमा मात्र छ कि सेवा क्षेत्रमा पनि काम गरिरहेको छ ? त्यसको हेक्का राख्न अनिवार्य छ । सहकारी सामाजिक काममा क्रियाशिल छैन, गरिव विपन्न सदस्यहरुको पीरमर्का नबुझ्ने छ भने त्यसको सदस्य बन्नुको पनि अर्थ छैन । जसले सहकारी सिद्धान्त बमोजिम काम गरिरहेको छ, जसले समाजमा योगदान पनि गरिरहेको छ । त्यसको सदस्य बन्नुको अर्थ रहन्छ । यसैले समाजमा केहि पनि दिन नसक्ने, कर्जा लगानीबाट ब्याज मात्र उठाउने सहकारीहरुले आगामी दिन सेवा क्षेत्रमा योगदान गर्न अनिवार्य छ । त्यस तर्फ सहकारीहरुको ध्यान केन्द्रित होस् ।

प्रकाशित मिति : चैत्र २, २०८० शुक्रबार  ८ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]