जेष्ठ १०, २०८२ शुक्रबार

श्रमिक हुँदै स्वदेशमै उद्यमी बनेका पदम

बिर्तामोड, चैत २ । मनकामना आइसक्रिम उद्योग स्थापना गर्नुअघि पदम बुढाथोकी अर्कैको उद्योगमा श्रमिक थिए । काम गर्दै, सिक्दै जाँदा र केही पैसा साथमा भएपछि उनको लक्ष्य फेरियो ।

आफ्नो साथमा पैसा नहुँदा अरुकैमा काम गरियो, बिर्तामोडको अतिथि सदनअगाडि रहेको मनकामना आइसक्रिम उद्योगका सञ्चालक बुढाथोकीले अतीत सम्झिए, हातमा केही पैसा भएपछि आफैँ सुरु गर्नुपर्छ भनेर उद्योग सुरु गरेँ ।

१९ वर्षअगाडि मनकामना आइसक्रिम उद्योग सुरु गर्दा उनीसँग दुई लाख रुपैयाँ थियो । त्यही दुई लाख रुपैयाँबाट सुरु गरेको उद्योग अहिले आएर ४० लाख रुपैयाँभन्दा बढीको भइसकेको छ ।

आफ्नै देशमा लगनशील भएर पसिना बगाउने हो भने गर्न सकिन्छ भन्ने ढृढ विश्वास भएकै कारण आफू यो अवस्थामा आएको ४६ वर्षीय बुढाथोकीको बुझाइ छ । बिर्तामोडको चलेको यो उद्योगका उत्पादनहरु झापाका सबै बजार र गाउँमा सहजै पाउन सकिने उनले बताए ।

उद्योगबाट हाल दुई दर्जनभन्दा बढी प्रकार र स्वादका आइसक्रिम तथा सम्बन्धित पदार्थ उत्पादन हुँदै आएको बुढाथोकीले बताए । उद्योगमा दैनिक तीन सय लिटर दूध खपद हुँदै आएको छ ।

उद्योगमा प्रत्यक्ष रुपमा १० जनाले रोजगार पाएका छन् । तीनचक्के मोबाइल साइकलमा गाउँबजार डुलेर आइसक्रिम बेच्ने झन्डै चार सयजना साना व्यापारी मनकामना आइसक्रिम उद्योगमै निर्भर रहेर जीविको चलाइरहेका छन् ।

प्रकाशित मिति : चैत्र २, २०८० शुक्रबार  ३ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]