बैशाख २४, २०८१ सोमबार

दमक क्याम्पसको ५५ लाख अनियमितताका विरुद्ध अखिलको अल्टिमेटम

दमक । झापाको दमक बहुमुखी क्याम्पसमा अनेरास्ववियुले क्याम्पस प्रमुख र स्ववियूलाई विद्यार्थी कल्याण कोषको ५५ लाख रकम अपचलन भएको भन्दै विज्ञप्ति बुझाएका छन् । विद्यार्थी कल्याण कोषको रकम विभिन्न बाहानामा खर्च गर्नु न्यायोचित नभएको भन्दै उनीहरुले विद्यार्थी कै लागि मात्र सो रकम खर्च गरिनुपर्ने माग गरेका छन् ।

८ बर्ष अगाडी विद्यार्थी कल्याण कोषको रकम रकमान्तर गरेर प्रशासनमा खर्च गरेपनि हालसम्म त्यस बिषयलाई क्याम्पसले गुपचुप बनाएको उनीहरुको आरोप छ । को–को बसेर, कुन शिर्षकमा र के आधारमा विद्यार्थी कल्याण कोषको रकम अन्य शिर्षकमा चलाईयो ? के के निर्णहरु छन् ? तुरुन्त सार्वजनिक गरियोस् भनेर उनीहरुले ३ दिने अल्टिमेटम सहितको विज्ञप्ति क्याम्पसलाई बुझाएका छन् ।

विज्ञप्तिमा दकम क्याम्पसमा अराजकता बढेको, त्यसलाई रोक्न स्ववियू र क्याम्पस प्रसासनले कुनै पहल नगरेको पनि आरोप लगाईएको छ ।

विज्ञप्ति दिदैँ अनेरास्ववियुका केन्द्रीय सदस्य नितेश राईले भने – ‘विद्यार्थी कल्याण कोषको रकम विभिन्न वाहानामा खर्च भयो, क्याम्पस प्रशासन यो सामान्य हो भन्नुहुन्छ, के भोली क्याम्पसमा समस्या आयो, विद्यार्थीलाई समस्या भयो भनेर प्राध्यापक कल्याण कोषको रकम खर्च गर्न मिल्छ ? कर्मचारी संञ्चय कोषको रकम खर्च गर्न मिल्छ की मिल्दैन ? आज विद्यार्थीको नामको पैसा विभिन्न वाहानामा खर्च गरेर विद्यार्थीमाथी अन्याय भएको छ ।’

सो विज्ञप्ति स्ववियूलाई बुझाउन जाँदा भने स्ववियूका पदाधीकारीहरु भागेको उनीहरुले बताए । कल सम्पर्क गर्न खोज्दा पनि फोन नउठाएको अनेरास्ववियु दमक क्याम्पसका अध्यक्ष भिजन चेम्जोङले बताए । ‘क्याम्पसमा भएको अनियमीतता र विद्यार्थीको समस्या बोकेर स्ववियु कार्यलय जाँदा साथीहरु ताला लाएर भाग्नुभयो यो अत्यन्तै गैरजिम्मेवारी र लापरवाहीपन हो’ अध्यक्ष चेम्जोङले भने ।

क्याम्पसमा राजनीतिक दलहरु हावी हुन खोजेको र यो राम्रो नभएको क्याम्पस इन्चार्ज अबिश खनालले बताए । यि विद्यार्थीका मागहरु आउँदो ३ दिनभित्रमा क्याम्पसले छलफलको माध्यमबाट टुंगोमा लगाउन उनले आग्रह गरे । अन्यथा क्याम्पसले बेवास्था गरे सशक्त आन्दोलनको तयारीमा लाग्ने ईन्चार्ज खनालले बताए ।

प्रकाशित मिति : चैत्र ४, २०८० आईतबार  १० : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]