जेष्ठ ६, २०८१ आईतबार

इलाममा एमालेबाट सुहाङसहित ६ जनाको नाम सिफारिस

काठमाडौँ । इलाम–२ को उपनिर्वाचनमा उम्मेदवार हुन चाहने ६ जनाको नाम सिफारिस भएको छ । एमाले इलाम जिल्ला कमिटीले इच्छुकहरुबाट उम्मेदवार हुन आह्वान गरेर आएका नामलाई केन्द्रमा पठाएको हो । उम्मेदवार छान्न जिल्ला पार्टी कमिटीका उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कमिटी गठन भएको थियो ।

एमालेले सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ, रविन्द्र सुवेदी, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल, बुद्धि खनाल र रिप्पल राईको नाम केन्द्र पठाएको छ । उम्मेदवारको अन्तिम टुङ्गो पार्टी केन्द्रले गर्नेछ । सुवास चन्द्र नेम्वाङको निधनका कारण रिक्त क्षेत्रमा वैशाख १५ गते चुनाव हुँदैछ । त्यसका लागि चैत २४ गते मनोनयनको मिति निर्वाचन आयोगको तोकेको छ ।

प्रकाशित मिति : चैत्र ४, २०८० आईतबार  ६ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]