असार २१, २०८२ शनिबार

४८ लाख बढी बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप

झापा । दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म ४८ लाखभन्दा बढी बालबालिकाले खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म करिब ४८ लाख ८१ हजार ५४४ ले खोप लगाएका हुन् ।

मुलुकभर कुल ५७ लाख ४२ हजार ९९३ बालबालिका खोपको दायरामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

देशभर ५ देखि १५ वर्ष मुनिका ३६ लाख १२ हजार ३१० र ९ महिनादेखि ५ वर्ष मुनिका २१ लाख ३० हजार ६८३ बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने तयारी सरकारको छ । देशभर ८५ प्रतिशत बालबालिकाले दादुरा–रुबेला विरुद्धको खोप लगाएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । देशव्यापीरुपमा दादुरा–रुबेला खोप अभियान गत फाल्गुन १३ देखि चैत्र ७ गतेसम्म जारी रहने छ ।

प्रकाशित मिति : चैत्र ४, २०८० आईतबार  १० : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]