बैशाख १७, २०८१ सोमबार

कानेपोखरीका शिक्षा अधिकृत काफ्लेले सरुवामा नगदसँगै यौन प्रस्ताव गरेको खुलासा

विनोद सापकोटा 

झापा, चैत ५ । कानेपोखरी गाउँपालिकाका शिक्षा शाखाका अधिकृत वेगबहादुर काफ्लेले सरुवाका लागि एक शिक्षिकालाई यौन प्रस्ताप गरेको घटना खुलासा भएको छ । शिक्षिकाले उक्त हर्कत बारे मिडियालाई जानकारी दिएकी छन् ।

शिक्षा शाखाका अधिकृत काफ्लेले कानेपोखरी गाउँपालिका क्षेत्रमा घर भई  ३ बर्षअघि प्रावि तहमा नाम निकाल्ने शिक्षिकालाई यौन सम्पर्कको प्रस्ताव गरेका हुन् । अधिकृत काफ्लेले ती शिक्षिकालाई झापाबाट घर पायक कानेपोखरीभित्र सरुवा गरे वापत उक्त प्रस्ताव राखेका थिए ।

उनीले शिक्षण सेवा गरेको दुई वर्षपछि घर पायक सरुवा मिलाउन खोज्दा अधिकृत काफ्लेले नगद र यौन प्रस्ताव राखेका थिए । अधिकृत काफ्लेले फेसबुकको मेसेन्जरमा उक्त प्रस्ताव राखेका हुन् । उक्त प्रस्ताव राखेको १८ वटा स्क्रीन सटको प्रमाण सुरक्षित राखिएको छ ।

प्राप्त स्क्रीन सटमा शिक्षा शाखाका अधिकृत काफ्लेले पटक–पटक सेक्सको प्रस्तव राखेको भेटिएको छ । तर, महिला शिक्षिकाले ‘म त्यस्तो मान्छे होइन । बरु सरुवा गरे वापत कति पैसा लाग्छ । म दिन तयार छु,’ उनले लेखेकी छन् । शिक्षा शाखाका प्रमुखले ‘सेक्स फाल्टै हो, सरुवाको रकम फाल्टै हो,’ भनेका छन् । शिक्षिकाले श्रीमानमाथि विश्वासघात गर्न नसक्ने जवाफ फर्काएको भेटिएको छ ।

काफ्लेले मेसेन्जरमा प्रस्ताव राखेका कुराहरु छिनछिनमै डिलिट गरेपछि महिला शिक्षिकाले शिक्षा अधिकारी काफ्लेको प्रस्ताव स्क्रिन सट गर्दै राखेका थिइन् । अन्त्यसम्म यौन सम्पर्क गर्ने कुरो नमिले पछि काफ्लेले भोलीपल्ट आफ्नो मेसेन्जर कसैले ह्याक गरेर चलाएको भनी सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । त्यसपछि अधिकृत काफ्ले सम्बन्धित व्यक्तिलाई फेसबुक ब्लक थिए ।

अधिकृत काफ्लेले अफिसको समय, बेलुका मेसेन्जरमा महिलासँग गफ गर्ने गरेको पाइएको छ । यो विषयमा अघिकृत काफ्लेले आफुले कसैसँग गफ नगरेको बताएका छन् । पुराना दुश्मन र कसैले आफुलाई फसाउन खोजेको उनले आरोप लगाए पनि महिला शिक्षिकासँग गरेको संवादले शिक्षा अधिकारीको मुख्य उद्देश्य प्रष्टसँग देखिन्छ ।
शिक्षा शाखा अधिकृत काफ्ले गत शुक्रबार देखिनै कार्यालय नआएको शिक्षा शाखा श्रोतले जनाएको छ । यौन प्रस्ताव राखेको हल्ला कानेपोखरीमा छ्यापछयाती भएको छ ।

प्रकाशित मिति : चैत्र ५, २०८० सोमबार  ४ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]