जेष्ठ ६, २०८१ आईतबार

माओवादी पदाधिकारी बैठक बस्दैँ, महरा पक्राउका बारेमा छलफल हुने

काठमाडौं, ६ चैत । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैँछ । पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परे पछि भिन्न परिस्थितिमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो । बैठक बिहान ८ बजे देखी सुरू हुनेछ ।

बैठकमा समसमायिक राजनीतिक बिषयमा कुराकानी हुने तथा पदाधिकारी देखी केन्द्रिय नेताहरूको कार्यबिभाजनको बारेमा पनि छलफल हुने जनाइएको छ ।

महरामाथि विद्युतीय चुरोट (भेप) मा सुन तस्करी गरेको आरोप छ । महराका छोरा राहुलविरुद्ध पनि मुद्दा चलिरहेको छ । राहुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको आरोप छ । महरालाई अनुसन्धानका लागि ४ दिन पुर्पक्षमा राख्रन अदालतले अनुमति दिएको छ ।

प्रकाशित मिति : चैत्र ६, २०८० मंगलबार  ७ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]