बैशाख २५, २०८१ मंगलबार

दूधे रंगशालामा प्याराफिट निर्माणको काम सुरु, पूर्वकै उत्कृष्ट खेल मैदान बन्ने दावी

सरोज भट्टराई

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको नगर स्तरीय दूधे रंगशालामा प्याराफिट निर्माणको काम सुरु भएको छ । शिवसताक्षी नगरपालिकाले खेलमैदान साथ साथै प्याराफिटको काम पनि एकै पटक अघि बढाएको हो ।

नगरपालिकाले २०७४ सालमा गुरु योजना तयार गरेपछि रंगशाला निर्माणमा जुटेको थियो । रंगशाला शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित दूधोमा ६ विगाह १५ कठ्ठा जग्गाको क्षेत्रफलमा रहेको छ जसमा कम्पाउण्ड, गेट यस अघि नै निर्माण भइसकेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । चालु आ.व.मा खेल मैदान र प्याराफिटको काम निर्माणको चरणमा रहेको छ ।

आ.व. २०७९ को बजेटबाट खेल मैदान र डे«न निर्माण भइसकेको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले बताए । उनले हाल उक्त खेल मैदानमा झार रोप्ने काम समेत सुरु गरिएको जानकारी दिए । चालुु वर्षको नगरको आन्तरिक श्रोतको बजेटबाट प्याराफिट निर्माणको काम सुरु गरिएको छ । उनले भने, ३० मिटर लम्बाई र ७ मिटर हाइटको स्टेज सहितको प्याराफिट जेष्ठ महिना भित्र निर्माण सम्पन्न हुने छ । प्याराफिट एकातर्फ मात्रै पनि १ सय मिटर निर्माण गरिने छ ।

प्याराफिट भ्याट सहिकत ६९ लाख ६१ हजाजर २९१को लागतमा निर्माण सुरु गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

हाल बन्दै गरेको प्याराफिटमा करिब ४ सय दर्शकहरुले फुटबल हेर्न मिल्ले गरी निर्माण भइरहेको शिवसताक्षी नगरपालिका इन्जिनियर उत्तम बरालले जानकारी दिए । बजेट अभावले पछि बढाउन मिल्ले गरी काम सुरु गरिएको हो । उनले खेलमैदानका आधारमा पूर्वकै राम्रो ठूलो खेल मैदान भएको दावी गरेका छन् ।

इभान्सी निर्माण सेवाले कनकाईले प्याराफिट निर्माणको जिम्मा पाएको हो प्याराफिट नगरपालिकाले दिएको मापदण्ड अनुसार तोकिएको समय अगावै निर्माण सम्पन्न गर्ने इभान्सी निर्माण सेवाका प्रोपराइटर रमेश खरेलले जानकारी दिए ।

रंगशालामा प्याराफिट पूर्णरुपमा निर्माण गरिए २५ हजार दर्शकले फुटबल हेर्न मिल्ले दावी गरिएको छ । खेल मैदानको काम यस वर्ष नै सकिने छ । आगामी वर्षमा थप प्याराफिट निर्माणका काम भएपनि उक्त खेलमैदानमा खेल सञ्चालन गरिने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : चैत्र ६, २०८० मंगलबार  ११ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]