असार १९, २०८२ बिहीबार

खन्तीले हानेर पृथ्वीनगरमा आफ्नै साथीको हत्या

भद्रपुर । झापाको पृथ्वीनगरमा खन्तीले हानेर आफ्नै साथीको हत्या गरिएको छ । साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका-२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राई (गंगा)को हत्या गरिएको हो ।

सनमको हत्या उनकै साथी अन्दाजी ३० वर्षीय कमान सिंह राई (लोक) ले गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना आज बिहान ५ बजेको हो ।

कमान र सनम साथी हुन् । कमान गएराति सनमको घरमा गएर सुतेका थिए । सुतिरहेको अवस्थामा खन्तीले सनमको टाउकोमा प्रहार गरी कमानले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्या गरी कमान घटनास्थलमै रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । पुरानो रिसिविले हत्या गरेको हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति : चैत्र ८, २०८० बिहीबार  ९ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]