असार १९, २०८२ बिहीबार

फिफा विश्वकप छनोट : नेपाल बहराइनसँग पराजित

काठमाडौँ, ९ चैत – बहराइनमा भएको फिफा ‘विश्वकप २०२६’ छनोट र ‘एएफसी एशियन कप २०२७’ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग फराकिलो गोल अन्तरले पराजित भएको छ ।

बहराइनको रिफास्थित बहराइन राष्ट्रिय फुटबल मैदानमा आज बिहान भएको खेलमा बहराइनसँग नेपाल ५–० गोल अन्तरले पराजित भएको हो । यो जितसँगै बहराइनले प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । बहराइन ६ अङ्कका साथ दोस्रो स्थानमा छ । यस हारसँगै नेपालले प्रतियोगितामा तेस्रो हार बेहोरेको छ । समूह ‘एच’ मा रहेको नेपाल पहिलो खेलमा युएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो । नेपाल अङ्क विहीन छ । बहराइनको जितमा माहदी अल हुमाइदान, सायद बाकर, अली मादन, इब्राहिम अल खातल र इस्मील अब्दुलातिजले समान एक एक गोल गरे ।

खेलको दोस्रो मिनेटमै माहदी अल हुमाइदानले बहराइनका लागि पहिलो गोल गरे । त्यस्तै खेलको नवौँ मिनेटमा सायद बाकरले गोल गर्दै बहराइनको अग्रता दोब्बर बनाए । खेलको पहिलो हाफको अतिरिक्त समयमा अली मादनको हेडर गोल गरे । यससँगै बहराइनले खेलको पहिलो हाफमा नै तीन गोलको अग्रता बनाएको थियो ।

त्यसपछि खेलको ८७औँ मिनेटमा इब्राहिमले गोल गरे । खेलको दोस्रो हाफको अतिरिक्त समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै इस्मीलले बहराइनका लागि पाँचौ गोल गरे । बहराइनका खेलाडीलाई नेपालका लाकेन लिम्बूले बक्सभित्र लडाएपछि अस्ट्रेलियन रेफ्री एलेक्जान्डर किङले बहराइनलाई पेनाल्टी दिएको थियो ।

समूह ‘एच’ मा नेपालसहित बहराइन, यमन र संयुक्त अरब इमिरेट्स ९युएई० छन् । युएई तीन खेलमा तीन जितसहित ९ अङ्कका साथ पहिलो स्थानमा छ । त्यस्तै यमन तीन खेलमा एक जितसहित तीन अङ्कका साथ तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : चैत्र ९, २०८० शुक्रबार  ७ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]