असार १९, २०८२ बिहीबार

मिडियाको निगरानी र कारबाही गराउने निर्देशनबाट पछि हट्यो गृह

काठमाण्डौ – गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूलाई आमसञ्चारमाध्यम (मिडिया) का विषय निगरानी र कारबाही गर्न दिएको निर्देशन सच्चाएको छ ।

न्युज पोर्टल तथा फेसबुक, एक्सलगायतका सामाजिक सञ्जाल र छापा माध्यमबाट अनर्गल र आधारहीन सन्देशहरू प्रचारप्रसार भए प्रचलित कानुनबमोजिम कारबाही गरी विवरण सार्वजनिक गर्न दिएको निर्देशन गृहले सच्याएको हो ।

हिजो मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र गर्दै अनलाइन तथा छापा सञ्चारमाध्यमको अनुगमन र कारबाही गर्न निर्देशन दिएको थियो । यसको चौतर्फी आलोचना भएपछि मन्त्रालयले हिजो बेलुकी अर्को विज्ञप्ति निकालेर सञ्चारमाध्यमको निगरानी र कारबाही गर्ने विषय परिपत्रमा समावेश नभएको जनाएको छ ।

सञ्चारमाध्यममा प्रकाशित सरोकारलाई समेत मध्यनजर गरी मस्यौदामा उल्लेख भएका बुँदाहरू हटाई अरू विषयहरू मात्र समावेश गरी परिपत्र गरिएको उल्लेख छ । विज्ञप्तिमा संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अधिकारप्रति मन्त्रालय सधैँ सचेत रहेको र यसको पूर्ण पालनाप्रति प्रतिबद्ध रहेको उल्लेख छ ।

प्रकाशित मिति : चैत्र ९, २०८० शुक्रबार  ७ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]