बैशाख १७, २०८१ सोमबार

मेचीनगरमा नदी उत्खननको निरीक्षण

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नदिजन्य पदार्थ उत्खननको निरीक्षण गरेका छन् । आइतबार बिहान नगरप्रमुख बुढाथोकीले मेचीनगर कार्यपालिका सदस्य तथा भौतिक पूर्वाधार विकास समिति संयोजक चित्र धिमालसहित मेचीनगर क्षेत्रमा पर्ने निन्दा र टिमाई खोलाको निरीक्षण गरेका हुन् ।

मेचीनगरले करिब एक महिनाअघि मात्रै नदिजन्य पदार्थ उत्खनन् (ढुङ्गा, गिटी बालुवा) ठेक्का लगाएको थियो । नदिजन्य पदार्थ उत्खनन् गर्दा जनतालाई सिँचाई लगायतका समस्याहरू नआउन र मापदण्डअनुसार नै नदिजन्य पदार्थ उत्खनन होस् भन्नका लागि निरीक्षण गरिएको नगरप्रमुख बुढाथोकीले जानकारी दिए ।

त्यस्तै निन्दा र टिमाई खोलाको निरीक्षणका क्रममा अहिले समस्या नदेखिएको भौतिक पूर्वाधार विकास समिति संयोजक चित्र धिमाल बताउँछन् । उनले आगामी दिनमा पनि समस्या नआउने गरि कार्य गर्न ठेकेदारलाई सुझाव दिएको बताए ।

करिब १ महिनाअघि निन्दा खोला कर बाहेक १ करोड ३० लाख ६० हजार घनमिटर र २२ दिनअघि टिमाई खोला कर बाहेक ४५ लाखमा २१ हजार घनमिटर उत्खनन् गर्ने गरी ठेक्का लागेको थियो ।

प्रकाशित मिति : चैत्र ११, २०८० आईतबार  ७ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]