बैशाख १६, २०८१ आईतबार

एक महिना बित्यो : अझै भएन बिर्तामोड वाणिज्य संघको सपथ र पद हस्तान्तरण

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले नयाँ नेतृत्व पाएको एक महिना पुरा भएको छ । एक महिनाको बीचमा निर्वाचितहरुले दर्जनौ कार्यक्रममा बधाई तथा शुभकामना ग्रहण गरेका छन् ।

निर्वाचन सम्पन्न भएको एक महिना पुरा हुँदा पनि सपथ ग्रहण र पद हस्तान्तरण भने अन्यौल भइरहेको छ । पद हस्तान्तरण नहुँदा नयाँ नेतृत्वले काम सुरु गर्न सकिरहेको छैन । निर्वाचित एक पदाधिकारीले भने, किन सपथ र पद हस्तान्तरण भएन मलाई जानकारी छैन । निर्वाचन समितिले परिणाम घोषणा लगत्तै निर्वाचित भएको प्रमाण पत्र दिनुपर्ने हो, त्यो पनि दिएको छैन ।

बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन सकिएको यत्तिका समयमा पनि सपथ र पद हस्तान्तरण नभएपनि व्यवसायीहरु पनि अचम्ममा परेका छन् ।

निर्वाचन पश्चात गर्नैपर्ने नियमित प्रक्रियालाई पछि सारेर कार्यकाल बढाउने काम भइरहेको कतिपयको आरोप पनि छ । कतिपयले बहालवाला कार्यसमितिले वाणिज्य संघको प्रवेशद्वार निर्माणको काम सकेर मात्रै पद हस्तान्तरण गर्ने तयारी भइरहेको अनुमान गरेका छन् ।

बैशाखअघि सपथ र पद हस्तान्तरण नगर्ने योजना अनुरुप प्रवेशद्वारलाई बहाना बनाइएको बताइएको छ ।

यता, निर्वाचन अधिकृत नारायण प्रसाद पौडेलले सपथको कार्यक्रम सोचेभन्दा ढिलाई भइरहेको स्वीकार गरेका छन् । उनले भने, मैले तत्कालै अध्यक्षलाई सपथ गराउनुपर्ने हो, तर पद हस्तान्तरण समारोह मै सपथ गराउने पराम्परा भएकाले ढिलो भएको हुन सक्छ । कार्यसमितिले पद हस्तान्तरण समारोह आयोजना गरेकै दिन सुरुमा सपथ गराएर प्रमाणपत्र दिने हो, उनले थपे – कार्यसमितिको आन्तरिक व्यवस्थापनका कारण ढिलो भइरहेको छ । अरु केही छैन । सुन्नमा आए अनुसार गेट निर्माण भइरहेको छ । त्यो काम सकेर कार्यक्रम आयोजना गर्ने बुझेको छु ।
गेट निर्माण र सपथ, पदहस्तान्तरणको कुनै सम्बन्ध नरहेको वाणिज्य संघका अगुवाहरुको प्रतिक्रिया छ ।

प्रकाशित मिति : चैत्र १३, २०८० मंगलबार  १ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]