बैशाख १५, २०८१ शनिबार

बिर्तामोडको पश्चिम स्टेण्डमा एक युवामाथि छुरा प्रहार

बिर्तामोड । झापाको बिर्तामोडस्थित पश्चिम बस स्टेण्डमा एक युवामाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट घाइते हुनेलाई प्रहरीले उपचारका लागि स्पाइनेक्स अस्पताल पुराएको छ ।

केहि समय यता बिर्तामोडको पश्चिम बस स्टेण्ड रातको समयमा लागुऔषधको कारोवार र यौनधन्दाको गतिविधि बढेपछि प्रहरीले निगरानी समेत बढाएको थियो ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएका निम्न मानिसहरु
१) जिल्ला झापा बिर्तामोड न.पा. १ बस्ने बर्ष अं. २३ को राम टुडु
२) ऐ.ऐ.६ बस्ने बर्ष १९ की एलिना श्रेष्ठ
३) ऐ.१ बस्ने बर्ष अं. २९ को सुसान मुर्मु
४) ऐ. अर्जुनधारा न.पा.११ नस्ने बर्ष ३० को सरोज सहनी
५) ऐ.कनकाई न.पा. १ बस्ने बर्ष अं. २३ को मनोज बि.क.

प्रकाशित मिति : चैत्र १३, २०८० मंगलबार  ८ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]