बैशाख १७, २०८१ सोमबार

अनुदानको मल बैगुन्धुरा पुराएपछि शिवसताक्षीले फिर्ता गरायो

शिवसताक्षी । झापा जिल्ला शिवसताक्षी नगरपालिका एक व्यापारीले वडा नं. ३ का किसानका लागि आएको युरिया मल गौरादह नगरपालिकाको बैगुन्धुरा पुर्याएको फेला परेको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. ३ पाराबारीका विपिन एग्रोभेन्टस सेन्टरले कृषि सामग्रीबाट किसानका लागि ल्याएको मल बैगुन्धुरा पुर्याएको भेटिएको हो ।

शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीसहितको टोलीले उक्त मल शिवसताक्षीमा नल्याई अन्यन्त्र लगेकोे थाहा पाएपछि विपिन एग्रोभेट्सको गोदाममा छापा मारेको थियो । गोदाममा मल फेला नपेरपछि मल कहाँ गयो भनेर खोजी सुरु भएको हो ।

विपिन एग्रोभेन्टसका सञ्चालक विपिन भट्टराईले ९० बोरा युरिया मल बैगुन्धुरा पुर्याएका थिए । शिवसताक्षीको पाराबारीमा ल्याउनु पर्ने मल सिधंै गौरादह नपाको बैगुनधुरामा अनलोड गरेको रहस्य बाहिर आएको हो ।
शिवसताक्षी नगरपालिकाले ६ महिनाअघि सरकारले अनुदान दिने मल किसानलाई वितरण गर्नका लागि विपिन एग्रो भेट्सलाई सिफारिस दिएको उपप्रमुख नरमाया कार्कीले बताइन् ।

कार्कीले भनिन्, उक्त मल तुरुन्त शिवसताक्षी ३ को पाराबारीमा फिर्ता ल्याउन निर्देशन दिएकी छु । हिजो बेलुका सम्ममा केही मल फिर्ता आएको छ । आजसम्ममा सबै मल फिर्ता ल्याएर नगरपालिकालाई दाखिला गराउनु पर्ने छ ।

यता विपिन एग्रोभेन्टसका सञ्चालक विपिन भट्टराईले आफुले गल्ती गरेको स्वीकार गरेका छन् । उनले आफुले नियत बस नभई, बैगुन्धुरामा पनि पसल रहेकाले त्यहाँ मल अनलोड गरेको बताए । उनले बुधबारसम्ममा सबै मल ल्याएर नगरपालिकालाई दाखिला गराउने बचन दिएका छन् ।

शिवसताक्षी नगरपालिकाका वडा नं. ३ का वडाध्यक्ष भाष्कर न्यौपानेले वडाका लागि आएको मल अन्य पालिकामा जानु गलत भएको बताए । यहाँका किसान वर्षेनी मल नपाएर पीडित बन्ने गरेका छन् । उनले भने, वडाका लागि आएको मल बाहिर लैजानु विडम्बना हो ।

वडा नं. ३ का लागि आएको मललाई महंगो मूल्यमा विक्री गर्न बैगुन्धुरा लगिएको स्थानीयले आरोप लगाए । शिवसताक्षीमा मलको सटेज गराएर बाहिर महंगो मूल्यमा विक्री गर्न व्यापारीले चाल चालेको स्थानीयको भनाई छ ।
शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, कार्यक्रम अधिकृत प्रकाश चौधरी, कृषि शाखा प्रमुख रविन भट्टराईको टोलीले विपिन एग्रोभेट्समाथि निगरानी बढाएको थियो ।

प्रकाशित मिति : चैत्र १४, २०८० बुधबार  ७ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]