बैशाख १५, २०८१ शनिबार

इजरायलको कृषि क्षेत्रमा म्यानपावरबाट श्रमिक पठाउन रोक

बिर्तामोड । सरकारले इजरायलको कृषि क्षेत्रमा मेनपावर कम्पनीहरुबाट कामदार पठाउने भर्ना प्रक्रिया स्थगित गरेको छ । इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा अध्ययन भइरहेको भन्दै म्यानपावर कम्पनीहरुबाट इजरायलका लागि कामदार भर्ना प्रक्रिया स्थगित गरेको वैदेशिक रोजगार विभागले जानकारी दिएको हो ।

नेपाल सरकार र इजरायल सरकारबीच श्रम सम्झौता अनरुप बीटूबी माध्यमबाट इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदारहरु पठाउँदै आइएको थियो । विभागले एक सूचना जारी गर्दै हाल बीटुबीको माध्यमबाट इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा मन्त्रालयबाट पुनरावलोकनका लागि समिति गठन भएर अध्ययन भइरहेको समेत प्रेस वक्तव्यमार्फत जानकारी दिएको छ ।

विभागका अनुसार यस विषयमा कुनै निर्णय नभएकाले भएमा विभागको वेबसाइटबाट सार्वजनिक रुपमा सूचना प्रकाशन गर्ने बताएको छ । त्यस्तै इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाएर विभिन्न व्यक्ति, संस्था तथा समूहहरुले गैरकानूनी रुपमा रकम उठाउने गरेको सूचना विभागमा प्राप्त भएकाले कृषि क्षेत्र तथा अन्य क्षेत्रका नाममा हुन सक्ने ठगीबाट सचेत रहन विभागले सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : चैत्र १५, २०८० बिहीबार  १० : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]