बैशाख १७, २०८१ सोमबार

शिवसताक्षीमा नविन राई स्मृति भेट्रान कप सुरु

शिवसताक्षी । झापाको शिवसताक्षीमा बिहीबारबाट सुरु भएको कोशी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक (रातो) झिलझिले भेट्रान क्लब विजयी भएको छ । आयोजक रामध्वनी भेट्रान क्लब सुनसरीलाई १–० गोल अन्तरले हराउँदै विजयी भएको हो ।

खेलको दोस्रो हाफको १०ं मिनेटमा आयोजकले पाएको पेनल्टी सुटलाई आयोजकका मित्रबहादुर बस्नेतको गोलमा परिणत गरेका थिए । खेलको म्यान अफ दी म्याच आयोजकका जर्सी नं. ७ का अंकुर कुमार खत्री घोषित भए । उनले नगद २ हजार प्राप्त गरे ।

प्रतियोगिता झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा सञ्चालन भएको छ । प्रतियोगितामा कोशी प्रदेशका १० वटा टिमले सहभागिता जनाएको आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेता टिमले नगद ७१ हजार र उपविजेताले नगद ४१ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । आज हाम्रो भेट्रान क्लब धरान र दमक लखनपुर भेट्रान क्लब दमक बीच खेल हुने आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति : चैत्र १६, २०८० शुक्रबार  ९ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]