बैशाख १६, २०८१ आईतबार

पत्रकार भण्डारीलाई ‘आर्थिक पत्रकारिता पुरस्कार’ दिने निर्णय

मेचीनगर, १६ चैत । मेची उद्योग बाणिज्य संघले यसवर्ष आर्थिक पत्रकारिता पुरस्कारबाट राससकी झापा सम्वाददाता अम्बिका भण्डारीलाई सम्मान गर्ने भएको छ ।

आज धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको अध्यक्षतामा बसेको वैठकले पत्रकार भण्डारीलाई आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने निर्णय भएको हो ।

यही चैत २१ गते धुलाबारी स्थित होटल रोयल निर्माणको सभा हलमा हुने संघको १९ औँ वार्षिक साधारण सभामा पत्रकार भण्डारीलाई सम्मान गरिने संघका कार्यकारी निर्देशक गोपाल वस्नेतले जानकारी दिए । पुरस्कारको राशि नगद २१ हजार रुपैयाँ रहेको छ ।

पत्रकार भण्डारी दुई दशकदेखि झापाको पत्रकारितामा सक्रिय छिन् । उनी नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी संस्थापक कोषाध्यक्ष, नारी सञ्चार गृह झापाकी पूर्व अध्यक्ष समेत हुन् ।

वैठकमा पत्रकार छनोट समितिका संयोजक खेम प्रसाई तथा सदस्यहरु संघका निवर्तमान अध्यक्ष ऋषिराज तिम्सिना, मेचीनगर नगरपालिका–१० का वडाध्यक्ष नारायण खनाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, साहित्यकार मिलनकुमार ढुंगाना, कार्यकारी निर्देशक गोपाल वस्नेत र प्रेस सल्लाहकार अर्जुन कार्कीको उपस्थिति रहेका थियो ।

संघले यसअघि उक्त पुरस्कार पत्रकार गोविन्द चन्द क्षेत्री, राजु अधिकारी, पर्वत पोर्तेल, मनिषा चम्लागाई, रोहित काफ्ले र मुक्ति पौडेललाई प्रदान गरिसकेको छ ।

प्रकाशित मिति : चैत्र १६, २०८० शुक्रबार  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]