बैशाख २९, २०८१ शनिबार

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो टी-२० खेल हुदै

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदैछ । टियु मैदानमा हुने यो खेल अपराहन्न १ बजेदेखि शुरु हुने छ ।

शुक्रबार सम्पन्न सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २१ रनले पराजित गरेको थियो ।

यसअघि विहिबार हुने तालिका भएपनि बर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले सार्बजनिक गरेको नयाँ तालिका अनुसार शुक्रबार पहिलो खेल भएको थियो ।

नयाँ तालिका अनुसार अब नेपाल ए आयरल्याण्ड वोल्भ्ससँग आज दोस्रो र अप्रिल १ मा तेस्रो टी-२० खेल खेल्ने छ । त्यसैगरी अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

टी-२० सिरिज खेल्ने नेपाली ए टिम :

विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।

प्रकाशित मिति : चैत्र १७, २०८० शनिबार  ९ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]