बैशाख २९, २०८१ शनिबार

आईपीएल : कोलकाता दोस्रो स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा रोयल च्यालेन्जर्स बेंग्लोर (आरसीबी) ले दोस्रो हार व्यहोरेको छ । कोलकाता नाइट राइडर्स (केकेआर) ले शनिबार राति भएको खेलमा आरसीबीलाई उसैको मैदानमा ७ विकेटले पराजित गरेको हो ।

बेंग्लोरले दिएको १८३ रनको लक्ष्य कोलकाताले ३ विकेट गुमाएर १६।५ ओभरमै भेटायो । कोलकाताका वेन्कतेश ऐयरले सर्वाधिक ५०, सुनिल नरेनले ४७ रन, फिल साल्टले ३०, कप्तान श्रेयर ऐयरले अविजित ३९ रन र रिंकु सिंहले ५ रन बनाउँदै जित हासिल गरे ।

बेंग्लोरका यश दयाल, मंयक डगर र विजयकुमारले समान एकरएक विकेट लिए ।

पहिले ब्याटिङ गरेको बेंग्लोरले ६ विकेट गुमाएर पूरै २० ओभर खेल्दै १८२ रन बनाएको थियो । बेंग्लोरका लागि विराट कोहलीले उत्कृष्ट पारी खेल्दै ८३ रनको योगदान गरेका थिए । बेंग्लोरका क्यामरुन ग्रिनले ३३, ग्लेन म्याक्सवेलले २८ र दिनेश कार्तिकले २० रन जोडेका थिए ।

कोलकाताका लागि हर्षित राना र आन्द्रे रसले दुईरदुई र सुनिल नरेनले एक विकेट लिए । महँगा खेलाडी मिचेल स्ट्राकले भने यो खेलमा पनि राम्रो गर्न सकेनन् ।

दुई खेलमा दुई खेल जितेको केकेआर अंकतालिकको दोस्रो स्थानमा छ भने तीन खेलमा दुई खेल हारेको बेंग्लोर अंकतालिकाको छैंटौं स्थानमा रहेको छ । आज राति लखनउ सुपर जायन्ट र पञ्जाब किंग्सबीच खेल हुँदैंछ ।

प्रकाशित मिति : चैत्र १७, २०८० शनिबार  ९ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]