बैशाख २१, २०८१ शुक्रबार

झापा एमालेको अध्यक्षमा गिरी र उपाध्यक्ष ढुङगेल सर्वसम्मत

बिर्तामोड । नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनबाट अध्यक्ष र उपाध्यक्ष पदमा सर्वसम्मत भएको छ । अध्यक्षमा प्रेम बहादुर गिरी र उपाध्यक्षमा शिव ढुङगेल सर्वसम्मत भएका हुन् ।

शनिवार भएको उम्मेदवारी दर्तामा अध्यक्ष र उपाध्यक्ष पदमा दुई जनाको मात्रै उम्मेदवारी परेको थियो । अध्यक्षमा गिरी र उपाध्यक्षमा ढुङगेलको मात्र उम्मेदवारी परेपछि दुई पदमा सर्वसम्मत भएको हो ।

चैत १५ गतेदेखि सुरु भएको जिल्ला अधिवेशनमा शुक्रवारबाट बन्दसत्र सुरु भएको हो । शनिवार दिउँसो भएको उम्मेदवारी दर्तामा दुई पदबाहेक सबै पदहरुमा आवश्यक संख्याभन्दा बढि उम्मेदवारी परेको छ ।
सचिवमा तुलसी कार्की, बोधप्रसाद घिमिरे, पुरुष तर्फ १ उपसचिव पदमा असारु राजवंशी, टिकाराम मंग्राती, चन्द्र सुब्बाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, १ महिला उपसचिव तर्फ अनिता कन्दङ्वाले उम्मेदवारी दर्ता गराएका छन् । समाचार तयार गर्दासम्म उम्मेदवारी दर्ता गर्नेहरुको नामावली प्रकाशन भएको थिएन । कचनकवल, गौरीगञ्ज,गौरादह, झपा र कनकाईमा सदस्यहरु सर्वसम्मत भइसकेको बुझिएको छ ।

नेतृत्व चयनमा सर्वसम्मत गर्ने प्रयास भइरहेकोले आइतवार गर्ने भनिएको मतदान सोमवारलाई सारिएको छ । अधिकतम प्रयास गरेर अन्य पदहरुमा पनि सहमति जुटाउने कसरतमा नेताहरु लागेका छन् ।

आ–आफ्नो पालिकाहरुमा छलफल गरेर अन्तिम नाम ल्याउने, नामहरु आउन नसके मात्रै चुनावमा जाने सल्लाह भएको एक नेताले बताएका छन् । पर्सी चुनावमा जिल्ला पार्टी कार्यालयमा हुने बताइएको छ ।

अधिवेशनमा पालिकाबाट ४३० जना, जनसंगठनहरूबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकारहरू २५ जना, सम्पर्क मञ्चबाट पाँच जना र आयोजक १६९ जना एवम् मनोनीत प्रतिनिधिहरू ३८ जना गरी ७८६ जना सहभागी भएका छन् ।

जिल्ला अधिवेशनबाट ५ जना पदाधिकारीसहित १५० जनाको कमिटी बन्ने छ । विभिन्न जनवर्गीय संगठनहरुबाट पछि थप १५ जना मनोनित समेत हुने छन् । अधिवेशनको उद्घाटन एमाले अध्यक्ष ओलीले गरेका थिए ।

प्रकाशित मिति : चैत्र १७, २०८० शनिबार  ८ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]