असार १६, २०८२ सोमबार

बिन्ध्याबासिनी सिंहदेवी मन्दिरमा श्रीमद् गरुड महापुराण

इन्द्रकुमार राई

शनिश्चरे । अर्जुनधारा नगरपालिका –४ भाङबारी स्थित बिन्ध्याबासिनी सिंहदेवी मन्दिरमा चैत २७ गतेदेखि श्रीमद् गरुड महापुराण नवाह यज्ञ सप्तसती चण्डीपाठ महायज्ञको आयोजना गरिने भएको छ ।

रामनवमीको पावन अवसरमा वार्षिक सातौं अनुष्ठानको रुपमा आगामी वैशाख ५ गते समापन हुने गरी महायज्ञ आयोजना गरिन लागेको हो । मन्दिर व्यवस्थापन समितिको शनिबार बसेको पूर्ण बैठक (भेला ) ले महायज्ञ लगाउने निर्णय गरेको हो ।

समितिका अध्यक्ष मनोज जोशीले बैठकमा महायज्ञ बारे जानकारी गराएका हुन् । उनका अनुसार प्रमुख कथा वाचक पण्डित बालकृष्ण अर्याल र उपवाचक पण्डित कृष्णप्रसाद चापागाईं रहने नौ दिवसीय महापुराणको उद्धेश्य राधाकृष्ण मन्दिर निर्माण, अक्षयकोष र भूमिदानको निरन्तरता, धान्यचल दान, तुलादान साथै मन्दिरको वृहत बिकासका लागि रहेको छ ।

महायज्ञ सम्पन्न गर्नका लागि अनुमानित ७ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने बताइएको छ । जिर्णोद्वार बिन्ध्याबासिनी सिंहदेवी मन्दिर तत्काल पुनः निर्माण र राधाकृष्ण मन्दिर निर्माणका लागि दाता महानुभावहरुबाट सहयोग स्वरूप ११० बोरा सिमेन्ट, १ ट्याक्टर इँटा उपलब्ध भइसकेको अध्यक्ष जोशीले जानकारी दिए ।

निर्माणका लागि चाहिने सम्पूर्ण बालुवा, ढुङ्गा, गिटी स्थानीय दाता मिलन बस्नेतले सहयोग गर्ने बताइएको छ । बैठकले महायज्ञ सभ्य भव्य रुपमा सम्पन्न गर्नका लागि विभागीय उपसमितिहरु गठन गरेको छ । मनोज जोशीको संयोजकत्वमा अतिथि सत्कार तथा स्वागत समिति, चिरञ्जीवी शिवाकोटीको संयोजकत्वमा आर्थिक समिति, एकदेव खनालको संयोजकत्वमा प्रचारप्रसार तथा उद्घोषक समिति, मनोरथ शिवाकोटीको संयोजकत्वमा धान्यचल समिति, नरमाया थापा र सुनिता दाहालको संयोजकत्वमा पूजा समिति गठन गरिएको छ ।

त्यस्तै धनमाया खत्रीको संयोजकत्वमा मुल मन्दिर कर्ता समिति, प्रेमबहादुर कार्कीको संयोजकत्वमा भजन–किर्तन समिति, सोमनाथ चापागाईंको संयोजकत्वमा खाद्य व्यवस्थापन समिति, टेकबहादुर कार्की डोलीको संयोजकत्वमा सरसफाई तथा आवास व्यवस्थापन समिति, श्यामलाल दनुवारको संयोजकत्वमा सुरक्षा परिचालन समिति र लोकनाथ कट्टेलको संयोजकत्वमा योग शिविर व्यवस्थापन समिति गठन गरिएको मन्दिर समितिका सहसचिव मणी भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार जोशीको अध्यक्षतामा पूर्ण बैठकले बिन्ध्याबासिनी सिंहदेवी र राधाकृष्ण मन्दिर निर्माण लगायत केही निर्णयहरु गरिएको छ । पूर्ण बैठकमा सचिव एकदेव खनाल कार्य व्यस्तता कारण अनुपस्थित रहेको बताइएको थियो ।

प्रकाशित मिति : चैत्र १८, २०८० आईतबार  ७ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]