बैशाख २९, २०८१ शनिबार

सीविसी र पूर्वेली बिर्तामोड विजयी

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको शनिबार दुई खेल भएमा छन् ।

पहिलो खेलमा विर्तामोड भेट्रान क्लबलाई ट्राइबेकरमा हराउँदै र सी.वि.सी भेट्रान क्लब चन्द्रगढी विजयी भएको छ । विर्तामोडलाई ४–१ गोल अन्तरले हराउँदै सी.वि.सी भेट्रान क्लब चन्द्रगढी विजयी भएको आयोजकले जनाएको छ । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो ।

त्यस्तै दोस्रो खेलमा आयोजक (निलो)लाई फराकिलो गोलअन्तरले हराउँदै पूर्वेली भेट्रान क्बल विर्तामोड विजयी भएको छ । आयोजकलाई ५–० गोल अन्तरले हराउँदै पूर्वेली विजयी भएको हो ।

खेलको २० औं र २४ औं मिनेटमा पुर्वेलीका जर्सी नंं ८ का खेलाडी विकर्ण श्रेष्ठले गोल गर्न सफल भएका थिए । त्यस्तै जर्सी नं. ९ का विशाल राईले खेलको २४ आंै र ३५ औं मिनेटमा गोल गरे । त्यसैगरी इन्जुरी समयमा जर्सी नं. ७ का सन्तोष राईले गोल थप्दै खेललाई फराकिलो गोल अन्तर बनाए ।

पहिलो खेलको म्यान अफ दी म्याच सी.वि.सी भेट्रान क्लब चन्द्रगढीका गोल किप्पर र दोस्रो खेलका म्यान अफदी म्याच पुर्वेलीका जर्सी नं. ८ का विकर्ण श्रेष्ठ घोषित भए । उनीहरुले जनही २ हजार प्राप्त गरे ।

प्रतियोगिता झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा सञ्चालन भएको छ ।

प्रतियोगितामा कोशी प्रदेशका १० वटा टिमले सहभागिता जनाएको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टिमले नगद ७१ हजार र उपविजेताले नगद ४१ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । आइतबार सी.वि.सी भेट्रान क्लब चन्द्रगढी र धुलाबारी भेट्रान क्लबबीच खेल हुनेछ ।

प्रकाशित मिति : चैत्र १८, २०८० आईतबार  ७ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]