बैशाख २१, २०८१ शुक्रबार

मातृभाषाको नाममा कलिला बालबालिकामाथि हदैसम्मको अन्याय भयो : सचेतक बराल

काठमाडौं, चैत १८ । नेकपा एमालेकी सचेतक सुनिता बरालले मातृभाषाको नाममा स्थानीय तहका प्रमुख–उपप्रमुख र वडाध्यक्षहरुले कलिला बालबालिकामाथि हदैसम्मको अन्याय गरेको तथ्य प्रस्तुत गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको सून्य समयमा बोल्दै एमाले सचेतक बरालले मातृभाषाको नाममा लादिएको पाठ्यपुस्तकबारे गम्भीर ध्यानाकर्षण गराउनु भएको हो ।

‘स्थानीय तहहरुले मौलिक पाठ्यपुस्तक निर्माण गर्ने नाममा गलत तथ्य, बिबादित बिषयवस्तुहरु पढाउने गरेको पाइएको छ । मातृभाषाको अध्यापन गराउने नाममा बिद्यार्थीहरुलाई जबर्जस्ती आफ्नो मातृभाषा भन्दा पनि मेयर–उपमेयर र वडाध्यक्षहरुको मातृभाषा पढिदिनु पर्ने अवस्था लादिएको पाइएको छ । कलिला बालबालिकामाथि यस्तो ज्याद्धती कहिलेसम्म ? यस्को तत्काल अन्त्य हुनुपर्छ,’ बरालले भन्नुभयो ।

बरालले विद्यालयमा नयाँ भर्नाको बिषयमा पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ । ‘ विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु हुन लाग्यो । बिद्यार्थी भर्नाका बिषयमा सरकार छ भन्ने अनुभुति दिलाउनु पर्नेछ । एउटै स्कुलमा नियमित रुपमा पढिरहेका बिद्यार्थीलाई पनि नयाँ भर्ना शुल्क जसरी बार्षिक शुल्क लिइराखेको छ, यसतर्फ सरकारको ध्यान जावस,’ सचेतक बरालले भन्नुभयो ।

सांसद बरालको भनाई जस्ताको तस्तै

विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु हुन लाग्यो । बिद्यार्थी भर्नाका बिषयमा सरकार छ भन्ने अनुभुति दिलाउनु पर्नेछ । एउटै स्कुलमा नियमित रुपमा पढिरहेका बिद्यार्थीलाई पनि नयाँ भर्ना शुल्क जसरी बार्षिक शुल्क लिइराखेको छ ।

स्थानीय तहहरुले मौलिक पाठ्यपुस्तक निर्माण गर्ने नाममा गलत तथ्य, बिबादित बिषयवस्तुहरु पढाउने गरेको पाइएको छ । मातृ भाषाको अध्यापन गराउने नाममा बिद्यार्थीहरुलाई जबर्जस्ती आफ्नो मातृ भाषा भन्दा पनि मेयर–उपमेयर र वडाध्यक्षहरुको मातृभाषा पढिदिनु पर्ने अवस्था छ । यस्को तत्काल अन्त्य हुनुपर्छ ।

स्थानीय तहले बनाएका पाठ्यक्रम र पाठ्यपुस्तक सामुदायिकलाई मात्र हो भनेर संस्थागतले पढाउदैनन । हामीले कस्तो र कसरी शिक्षा दिन खोजेको हो ? प्रभावकारी अनुगमन र विशेष निर्देशन दिन सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।

प्रकाशित मिति : चैत्र १८, २०८० आईतबार  २ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]